बिहिबार इतिहासकै दुर्लभ ग्रहण: ग्रहण करिव ३ घण्टा, प्रभाव १५ दिनसम्म - Himal Post Himal Post
  • ७ पुष २०८१, आईतवार
  •      Sun Dec 22 2024
Logo

बिहिबार इतिहासकै दुर्लभ ग्रहण: ग्रहण करिव ३ घण्टा, प्रभाव १५ दिनसम्म



काठमाडौं- आगामी २०७६ साल पुस १० गते बिहिवार खण्डग्रास सूर्य ग्रहण मूल नक्षत्र धनु राशिमा लाग्दैछ । बिहान ८ बजेर ४२ मिनेट बाट सुरु सुरु हुने उक्त ग्रहण बिहान १० बजेर १ मिनेटमा मध्यम अबस्थामा रहनेछ ।

बिहानै ११ बजेर ३१ मिनेटमा पूर्णरुपमा ग्रहणले छोड्ने छ । उक्त ग्रहणको अबधि २ घण्टा ४९ मिनेट सम्म रहने छ । करिब छ वटा ग्रहहरु एकैस्थानमा रहेर लाग्न लागेको ग्रहण हुनाले पनि विशेष रुमा हेरिरहेको छ । यो एकदमै दुर्लभ खगोलिय घटना हो । मूल नक्षत्र तथा धनु राशिमा लाग्ने ग्रहणको विभिन्न राशिमा पनि यसको प्रभाव पर्दछ ।

विशेषगरी धनु, वृश्चिक, तुला, सिंह, कर्कट, वृष, मेष, मीन, राशिमा जन्मिएका मानिसका लागि नकारात्मक प्रभाव पर्ने हुँदा सावधानी अपनाउँदै ग्रहण नहेर्दा राम्रो हुन्छ । कन्या, मिथुन, कुम्भ तथा मकर राशि हुनेहरुका लागि भने विषेश फाइदा रहने छ ।

पुस ९ गते राति ८ बजेर ४२ मिनेट बाटनै बालक, वृद्ध तथा रोगीबाहेकले भोजन गर्न नहुने शास्त्रमा उल्लेख गरिएको छ । यस्तो अवस्थालाई सुतक काल भनेर भनिएको छ । सुतक ग्रहण लाग्नु भन्दा १२ घण्टा अगाडिदेखि नै सुरु हुने छ। यो ग्रहण बिशेष गरि भारतको नाम र राशिमा लाग्ने हुदा भारतमा यसको प्रभाव उच्च रहने छ ।

यसको प्रभाव पृथ्वीमा रहेका हरेक वस्तुमाथि फरक फरक तरिकाले पर्दछ । यस्ता खाले ग्रहण लागेको समयमा विभिन्न क्षेत्रमा प्रभाव पार्ने गर्दछ । बिशेष गरि पूर्वी तथा दक्षिणी देशहरुमा यसको प्रभाव उच्च रहने छ । ग्रहण लाग्ने राशिको हिसाबले पनि धनु राशिको दिशा पनि पूर्वनै हो, यस कारणले पनि यी क्षेत्रमा धेरै प्रभाव पर्ने अनुमान गरिएको छ ।

राजनीति, व्यापार, विदेश मुद्रा, सुन चाँदीको मुल्यमा वृद्धि हुने जस्ता घटना एक पक्ष अघि र एक पक्ष पछि सम्म रहने छ । पक्ष भन्नाले १५ दिन अघि भन्ने बुझिन्छ । यसको प्रभाव १५ दिन अघिदेखि नै पर्न सुरु गर्छ भने ग्रहण लागेपछि पनि करिव १५ दिन रहने छ । तर लागेपछिको समय भने त्यत्ति खतरा नहुने, तर सवारी तथा हवाई दुर्घटनामा भने सावधानी अपनाउनु पर्ने देखिन्छ ।

यो खण्डग्रास सुर्य ग्रहण हो । ग्रहण प्रकृतिका लागि अद्भुत चमत्कार एक खगोलीय घटना हो । यसको गणना ईसाको चारहजार वर्ष पूर्व नै गणना भएको कुरा वेदमा उल्लेख छ । ऋग वेदमा भनिएको छ, ‘अत्री ऋषिका परिवारलाई मात्रै यस्तो खाले खगोलीय घटनाको गणना गर्ने ज्ञान थियो ।

महर्षि अत्रीमुनि ग्रहणहरुकोबारेमा जानकारी गराउने प्रथम आचार्य भएको विभिन्न ग्रन्थमा उल्लेख गरिएको छ । वैदिक कालदेखि नै ग्रहणको अद्ययन तथा परिक्षण भएको प्रमाण भेटिन्छ । भौतिक विज्ञानले पनि स्वीकारेको छ, एन्टिरेडिएसनका रुपमा र आद्यात्मिकले पनि नकारात्मक शक्ति एकदमै हानिकारक हुन्छ र यसबाट बच्नका लागि आग्रह गरेका थिए । यसको स्रोत भनेको, राहु र केतु नाम गरेका ग्रहहरुबाट नै आउने हो । त्यस कारण हरेक औंशी तथा पूर्णिमामा ग्रहण नलाग्नुको कारण नै राहुर केतुले गर्दा हो ।

वैज्ञानिक तथा खगोलविद्का लागि यस्ता खाले खगोलीय घटनाहरुलाई निक्कै महत्त्वका साथ हेरिने गर्दछ । एक पटक लागेको ग्रहण पुन दोहोरिन मानिसले धेरै लामो समय करिब दुई दशक पछिमात्रै ठिक यहि समयमा यस्तैखाले ग्रहण लाग्दछ ।

लामो समय कुर्नु पर्ने भएकाले पनि विशेष महत्त्वका साथ हेरिने गर्दछ । पृथ्वी आफ्नो अरविटमा घुमिरहेको छ । घुम्ने क्रममा सूर्यको परिक्रमा गरिरहेको छ । त्यस्तै सूर्यले पनि आफ्नो अरविटमा पूरा सौर्य परिवारकै परिक्रमा गरिरहेको छ ।

चन्द्रमा आफ्नै अरविटमा पृथ्वीको चारैतिर परिक्रका गरिरहेको छ ।पृथ्वीमा भएका मानिसले चन्द्रमाको करिब आधाभाग लगभग ५४५ मात्रै अर्थात चन्द्रमाको एकापट्टिको भाग मात्रै देखिरहेका छौ । परिक्रमाकै क्रममा जब चन्द्रमा सूर्य र पृथ्वीको मध्य भागमा आउँदछ या एउटै लाईनमा ( कन्जम्सम ग्ए) पर्दछ यस्तो अवस्थामा न्यूमुन अमावस्य भनिन्छ ।

यस्तो अबस्थामा चन्द्रमाका कारण सूर्यको प्रकाश पृथ्वीमा आउन पाउँदैन र पृथ्वीको जुन भागबाट उक्त सूर्यको प्रकाश देख्न पाईदैन त्यही स्थानलाई नै ग्रहण लागेको भनेर भनिएको हो ।

यसको ठिक बिपरित चन्द्रमा अपोजिट साईटमा गएको अबस्था रेखिय अबस्था हो । पृथ्वीको विपरीत तर्फ हुँदा पूर्णिमा हुन्छ यस्तो अबस्थामा सूर्यको किरण पूर्णरुपमा चन्द्रमामा ठोकिएर पृथ्वीमा आउँदछ ।

यदि यस्तो अबस्थामा राहु यो केतु ग्रहमध्ये कुनै एक नजिक गएको अवस्थामा या चन्द्रमाको प्रकाश छेकेमा चन्द्र ग्रहण लाग्दछ । ग्रहण कालमा कुनै नदि तलाउ तथा धार्मिक क्षेत्रमा गएर स्नान गर्नु पर्ने बिधान रहेको छ । साधना गर्ने मानिसका लागि यस्तो दिन अति उपयोगि मानिन्छ । दान तथा मन्त्र हरुको जपले यसको प्रभाव कमपर्ने शास्त्रमा उल्लेख गरिएको छ ।