प्रचण्डले भने: दुर्घटना हुँदैन भन्न सकिँदैन - Himal Post Himal Post
  • ५ जेष्ठ २०८१, शनिबार
  •      Sat May 18 2024
Logo

प्रचण्डले भने: दुर्घटना हुँदैन भन्न सकिँदैन



काठमाडौं – एमाले र माओवादी केन्द्रबीच पार्टी एकता अन्तिम चरणमा पुगेको बेला अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बढी उत्साहित देखिन्थे । विवतका तीतामिठा अनुभवले पार्टी एकताको वातावरण बनाएको उल्लेख गर्दै उनले सम्मानजनक बराबरी सद्धिान्तका आधारमा एकता हुन लागेको खुलासा गरे ।

नेताहरुको क्षमताका आधारमा जिम्मेवारी बाँडफाँट गर्दै आफू र प्रधानमन्त्री केपी ओली सहअध्यक्ष भएर पार्टी चलाउने उनको भनाइ थियो । प्रचढडसँग गरिएको कुराकानी कान्तिपुरमा छापिएको छ । उक्त कुराकानीमा प्रचण्डले भनेका मुख्य कुरा (बुँदागत) यस्ता छन् ।

-चुनावले एकताका लागि मल र सिँचाइको काम गर्यो ।

-फेरि कुनै दुर्घटना नै हुँदैन भन्न सकिँदैन, राजनीतिमा असम्भव कुरा केही हुँदैन ।

-महाधिवेशनसम्म सहअध्यक्ष अथवा दुई अध्यक्ष रहने र दुवैको हैसियत समान हुनुपर्छ भन्ने सोचेका छौं ।

-सरकार आलोपालोको कुरा अहिले सोचेका छैनौं ।

-युरोपियन युनियनको निर्वाचन अनुगमन प्रतिवेदनमा जस्तो भनाइ आयो, त्यो दुर्भाग्यपूर्ण छ ।

-गुटबन्दीले दुःख पाइयो भन्ने हामीलाई महसुस भएको छ ।

 

-देशभित्र र बाहिरका केही शक्तिलाई वामपन्थी मिलेको त्यति राम्रो लाग्दैन ।

-ओलीजीले भारतसँग सम्बन्ध विस्तार गर्न अलि बढी मिहिनेत गर्नुभएको छ ।

-केही मान्छे संघीयता असफल होस् भन्ने चाहना राख्छन् ।

-अदालत, सुरक्षा निकायलगायत राज्यका सबै अंग रुपान्तरण हुनुपर्छ ।