उपमेयर दुर्घटनामा परिन - Himal Post Himal Post
  • ८ श्रावण २०८३, शुक्रबार
  •      Fri Jul 24 2026
Logo

उपमेयर दुर्घटनामा परिन



काठमाण्डुबाट पोखरा जाँदै गरेकी कुस्मा नगरपालिकाकी उपमेयर सिता काफ्ले लामिछाने सवार बोलेरो जिपलाई पोखराबाट दुलेगौडा जाँदै गरेको ट्रकले ठक्कर दिँदा लामिछँने घाइते भएकी छन् ।

पोखरा लेखनाथ महानगरपालिका वडा नम्बर ३२ तल्लो गगनगौडास्थित पृथ्वीराजमार्गमा ना २ ख ९७८९ नम्बरको ट्रक र बिपरित दिशा तर्फबाट आँउदै गरेको ना ४ च ५०५४ नम्बरको बोलेरो जिप ठोकिएका हुन् । ठक्कर पछि जिप पल्टिएको थियो । जिपमा सवार उपमेयर सहित उनकी छोरी, चालक विनोद क्षेत्री र शिब क्षेत्री घाइते भएका छन् ।

उनीमध्ये दुई जनाको गण्डकी मेडिकल कलेज र ३ जनाको मणिपाल अस्पतालमा उपचार भईरहेको प्रहरीले जानकारी दिएको छ ।

प्रहरीले जिप, ट्रक र ट्रक चालकलाई नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

फाइल तस्विर