गायक दुर्गेश थापाविरुद्ध प्रहरीमा उजुरी - Himal Post Himal Post
  • २ फाल्गुन २०८२, शनिबार
  •      Sat Feb 14 2026
Logo

गायक दुर्गेश थापाविरुद्ध प्रहरीमा उजुरी



काठमाडौं- गायक दुर्गेश थापाविरुद्ध जिल्ला प्रशासन कार्यालय काठमाडौँमा उजुरी परेको छ।

तिहारलाई लीक्षत गरेर सार्वजनिक गरेको ‘ह्याप्पी तिहार’ गीतलाई लिएर उनीविरुद्ध उजुरी परेको खबर आजको नागरिक दैनिकमा रीना मोक्तानले लेखेकी छन्।

महानगरीय अपराध अनुसन्धान महाशाखा टेकुमा पत्राचार गरेपछि प्रहरीले उनलाई छलफलका लागि बोलाएको छ।

गीतले तिहारको भावनालाई असर गरेको भन्दै उजुरी परेको महानगरीय अपराध अनुसन्धान महाशाखाका एसएसपी सहकुल थापाले बताए।

गीत र सामाजिक सञ्जालमा आएका प्रतिक्रिया हेरेपछि यसले समाजमा असर पारेको हुनाले छलफलका लागि बोलाउँदा उनी काठमाडौँ बाहिर रहेको जानकारी दिएका थिए।

यसअघि थापाले ‘छमायाँ छपक्कै’ फिल्मको लागि गाएको ‘बीच बीच्चमा’ बोलको गीत पनि विवादमा परेको थियो।