दुर्गेशको गीत प्रतिबन्ध लगाउन माग - Himal Post Himal Post
  • २६ बैशाख २०८१, बुधबार
  •      Wed May 8 2024
Logo

दुर्गेशको गीत प्रतिबन्ध लगाउन माग



काठमाडौँ- गायक दुर्गेश थापा नयाँ गीत ‘पैसा’ पनि विवादमा तानिएको छ । गीतमा आपत्तिजनक र छाडा शब्दसमेत प्रयोग गरिएकाे भन्दै वैज्ञानिक समाजवादी महिला संगठनले प्रशारणमा प्रतिबन्ध लगाउन माग गरेकाे छ ।

रक शैलीमा तयार गीतमा दुर्गेश ‘पैसा’ लाई सर्वोपरी रुपमा प्रस्तुत गरेका छन् । ‘अर्धनग्न महिलाको शरीरलाई पैसासँग जोडेर अश्लिल तरिकाले प्रदर्शन गरेर महिलाको वस्तुकरण गरिएको छ,’ संगठनका संयोजक धनकुमार सुनारद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘ कलाकारले प्रयोग गर्ने शव्द, भेषभुषा र प्रस्तूतिले समाजमा अल्पकालीन र दीर्घकालीन असर पार्दछ ।’

‘पैसा’म्युजिक भिडियो प्रशारण तत्काल बन्द गर्न पनि माग गरिएको छ ।