दुर्गाको मूर्ति सेलाउन गएका युवकको डुबेर मृत्यु - Himal Post Himal Post
  • ९ असार २०८३, मंगलवार
  •      Tue Jun 23 2026
Logo

दुर्गाको मूर्ति सेलाउन गएका युवकको डुबेर मृत्यु



जनकपुरधाम – दुर्गाको मूर्ति सेलाउन गएका एक युवकको महोत्तरीमा पानीमा डुबेर मृत्यु भएको छ।

मूर्ति सेलाउन गएका जलेश्वर नगरपालिका–२ बस्ने १८ वर्षीय सुमित साहको मृत्यु भएको हो।

शनिबार मूर्ति विसर्जन गर्न गएका सुमित साँझसम्म घर नफर्केपछि आफन्तले साँझदेखि खोजी सुरू गरेका थिए। उनको शव आइतबार बिहान ११ बजे जलेश्वरस्थित भार्गवसर पोखरीमा फेला परेको प्रहरीले जनाएको छ।

मूर्ति सेलाउन पानीमा पस्दा लडेको र लडेपछि उनी मूर्तिले च्यापिएर डुबेको हुनसक्ने प्रारम्भिक अनुसन्धानबाट देखिएको महोत्तरीका प्रहरी उपरीक्षक दिनेश आचार्यले बताए। शवको पोस्टमार्टमपछि थप कुरा प्रष्ट हुने उनको भनाइछ।