दुर्गा प्रसाईका सहयोगी पक्राउ - Himal Post Himal Post
  • ३ फाल्गुन २०८२, आईतवार
  •      Sun Feb 15 2026
Logo

दुर्गा प्रसाईका सहयोगी पक्राउ



चितवन- दुर्गा प्रसाईको अभियानलाई सघाउने ‘कालोमोसो’दस्ताका केन्द्रीय संयोजक शम्भु थापा चितवनबाट पक्राउ परेका छन्।

उनलाई मंगलबार जिल्ला प्रशासन कार्यालयबाट नियन्त्रणमा लिइएको हो। थापालाई छलफलका लागि प्रशासन कार्यालय बोलाएर त्यहिबाट पक्राउ गरिएको प्रसाईको धर्म, संस्कृति, राष्ट्र, राष्ट्रियता र नागरिक अभियानको चितवन अभियन्ता मेघराज पौडेलले जानकारी दिए।

कालोमोसोका संयोजक थापालाई तत्काल रिहा गर्न अभियानले आग्रह गरेको छ। रिहाई नगरिए संघर्षका कार्यक्रम गरिने अभियान्ता पौडेलले बताए। त्यसका लागि अभियानको सचिवालयमा छलफल भइरहेको उनको भनाई छ।

कालोमोसो दस्ताका संयोजक थापालाई सोधपुछका लागि नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता विजयराज पण्डितले जानकारी दिए।