राजदरबार हत्याकाण्डबारे फेरि छानबिन गनुपर्ने भन्दै मन्त्रिपरिषद् बैठकमा छलफल - Himal Post Himal Post
  • ११ श्रावण २०८१, शुक्रबार
  •      Fri Jul 26 2024
Logo

राजदरबार हत्याकाण्डबारे फेरि छानबिन गनुपर्ने भन्दै मन्त्रिपरिषद् बैठकमा छलफल



पुस ७, २०७३ काठमाडौं : मुलुकको पछिल्लो अवस्थाबारे असन्तुष्टि जनाउँदै बुधबार बेलुका पूर्व राजा ज्ञानेन्द्रले निकालेको विज्ञप्तिका विषयमा मन्त्रिपरिषद बैठकमा समेत छलफल भएको छ।

बैठकले यसबारे औपचारिक कुनै निर्णय नगरेपनि मन्त्रिपरिषदका सदस्यहरुले पूर्व राजाको विज्ञप्ति गम्भीर भन्दै सचेत हुनुपर्नेमा जोड दिएका छन्। गृहमन्त्री विमलेन्द्र निधीले पूर्व राजाको विज्ञप्तिका विषयमा कुरा उठाएपछि बैठकमा ज्ञानेन्द्रका गतिविधिलाई निगरानीमा राख्नुपर्नेमा मन्त्रीहरुले जोड दिएका छन्।

‘यो संघीयता र गणतन्त्र विरुद्धको षडयन्त्र हो’, पूर्व राजाको विज्ञप्तिबारे मन्त्रिपरिषद बैठकमा छलफल भएको जानकारी दिँदै कानुन मन्त्री अजय शंकर नायकले भने, ‘यस्तो मनोबल कहाँबाट आइरहेको छ? निगरानी हुनुपर्छ भनेर छलफल भयो।’ राजदरबार हत्याकाण्डबारे फेरि छानबिन गनुपर्ने आवाज पनि मन्त्रिपरिषद् बैठकमा उठेको छ। मन्त्री नायकले राजदरबार हत्याकाण्डबारे फेरि छानबिन गर्ने विषयमा समेत छलफल भएको जानकारी दिए। ‘पूर्व राजाको विगतदेखि वर्तमानका गतिविधिबारे छलफल भयो’, सहकारी तथा गरिबी निवारण मन्त्री ह्रदयराम थानीले भने।

पूर्व राजा ज्ञानेन्द्र शाहले नेपाललाई अस्थिरता र अराजकताको आगोले नेपाली बिचको सामाजिक सद्भाव मेटाउने प्रयास भएको भन्दै वर्तमान राजनीतिक स्थितिप्रति गम्भीर असहमति प्रकट गरेका थिए।

साभार :थाहा संचार