१५ किलो नक्कली चाँदीसहित व्यापारी पक्राउ
काठमाडौं । प्रहरीले १५ किलो नक्कली चाँदीसहित एक जना व्यापारीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धादिङ घर भइ महालक्ष्मी–११, इमाडोल बस्दै आएका ३३ वर्षीय राज सापकोटा छन् ।
महानगरीय प्रहरी वृत्त, महाराजगञ्जका अनुसार सक्कली चाँदी भनेर बेच्न लागेकोअवस्थामा उनलाई पक्राउ गरिएको हो ।
सापकोटा इमाडोलमा रहेको तिलहरि ज्वेलर्सका सञ्चालक समेत हुन् । गर्दै आएका छन् । पीडितको उजुरीपछि सापकोटालाई धुम्बाराहीबाट पक्राउ गरेर अनुसन्धान थालिएको लम्सालले बताए ।