२०७५ भदौ २, शनिबार

दुईटी युवतीले रित्याएको रात

April 13, 2017
1634 Views
Spread the love
  • 9
    Shares

सुषमा देवकोटा

बागबजारको संधै गईरहने चिया पसलमा छिरेर एउटा कुनाको टेवलमा बसेर चिया अर्डर गरें र चुरोट सल्काएँ । धेरै भएको थियो साँझ तिर साथिभाई भेला भएर दारु नखाएको । पैसा हुँदा दिनहुँ जसो रक्सी पीउने मेरो लागि तिन हप्ता सम्म रक्सी नपिउनु एक बर्ष जस्तै भएको थियो ।

महेन्द्रलाई फोन गरें, एउटी केटीले ‘हेल्लो’ भनि । ‘महेन्द्र छैन’ ?  भनेर सोध्दैं थिएं, महेन्द्र नै बोल्यो ‘वई साले कहाँ छस् बेपत्तै भईस् त ?

केटी लीएर बसेको छु भनेर फुर्ती लगाउन उसले मेरो फोन केटिलाई उठाउन दिएको हो भन्ने थाहा थियो मलाई ठुलै स्वरले बोलें, ‘अनि तँ चाहिँ कसको बुढि संग छस् नी दिउँसै दिउँसै ?  मैले यति भनेसी मेरो अगाडी टेवलमा चिया पीईरहेकी युवती पछाडी फर्केर मलाई हेरी । मलाई भन्दा नि मेरो अनुहार हेरी ।

‘क्षेत्रीको छोरा हुँ यार बलियो बाङ्गो छु सबैले माया गर्छन्’

यति मात्र भन्यो उसले त्यो अघि फोन उठाउने केटी छेवैमा रहिछे नत्र के के भयो कती पटक सबै सबिस्तार सुनाउँथ्यो यसले ।

‘केटी संग मात्रै लठारिईरहने हो की साथी भाई पनि चाहिन्छ तँलाई ? सुनेर उ जोडले हाँस्यो पहिले र भन्यो ‘आईज न यार मेरो कोठामा, मेरो डार्लीङ्गले साथी बोलाईदिन्छु भनिछ तँलाई पनि ।’

यो उसको पुरानो बानी हो, कुनै केटी ल्यायोकी मलाई सुनाउने र केटीको अगाडी माया जताउन, स्वीट हार्ट र डार्लिङ्ग भन्दै साथीभाईको फोन उठाउन दिने । मनमा जे होस् उसले माया नै गरेझैं गर्छ उसको कोठाबाट फर्कदा केटी खुशि हुँदै फर्कन्छन्, मुखले ठीक्क पार्न जानेको छ ।

‘मुला दुनियाँ पात केटीहरु बोटालेर बस्छ, त्यहि पनि केक्केन गरेजस्तो । जालास है बैंसमै भिरिङ्गी र एड्सले’ मैले बोलेको सुन्ने जति सबै मेरो टेवलतिर फर्कीए । तिनीहरुले घुरेर हेरेझैं लागेसी मलाई लाजले के गर्नु गर्नु भएसी ‘ल राख् राख् फोन म ६ बजे तिर आउँछु’ भनेर फोन काटें र बाँकी रहेको चिया रित्याएर बाहिरीएं ।

यो जीब्रोको नि ठेगान छैन, बुढापाखाले उखान हाल्थे थुतुनो र मुतुनु ठिक ठाउँमा राख्नु पर्छ तर मेरो थुतुनो कैलेहि ठिकमा बसेन । अझ महेन्द्रसंग त यस्तै कुरा गर्ने बानि बसिसक्यो सानैबाटको साथी भएकाले उसलाई पनि बानि छ जे भनेनी हाँसिदीने । २ घण्टा बाँकी छ अझैं कोठामा गएर फेरी निस्केपनि हुन्थ्यो तर पेट्रोलको नास किन ओहोर दोहोर गर्ने । काम सबै सक्किसकेको छ आजको ऐले नै महेन्द्रकोमा गएनी हुने,केटी छ भन्ने थाहा भएर ६ बजे आउँछु भनेथें, तर २ घण्टा पो के गरेर बिताउने ।

कोहि साथी रैछन् भने टाईम पास हुन्छ भनेर यसो सम्झिएं, को को हुन सक्छन् यता ?  एउटा साथी गायक बन्छु भन्दै दिनभर पुतलीसडका रेकर्डीङ स्टुडीयोको चक्कर काट्छ, अर्को दाईको ल्याङ्गवेज सेन्टरमा हुन्छ । ल्याङ्गवेज सेन्टरवालालाई फोन गरें, त्यो रहिछ भने दुई घण्टा त्यसकै अफिसमा बस्छु भनेर रैनछ त्यो । फेरी गायकलाई फोन गरें, बढो फुर्तीका साथ भन्यो त्यसले ‘म यहाँ एउटा मिटीङ्मा छु, कम्पोजरहरु संग म तिमीलाई पछि फोन गर्छु ।

अनामनगर गएं र एउटा रेस्टुरेन्टमा पसेर मम मागें, मम बन्न अलिक टाईम लागे हुन्थो समय कट्थ्यो । फेसबुक खोलेको एउटा साथीले जोक्सबाला कार्टुन हालेछ, १२\१४ बर्षको छोरा लिएर बाउ एउटा रेस्टुरेन्टमा छिरेछ र एउटा फेन्टा र एउटा बियरको अर्डर दिएछ वेटर्स गएपछि छोराले भनेछ, ‘बुबा तपाईले नी बियर अर्डर गरेको भए भै हाल्थ्यो नी ।’

एक्लै मुस्कुराएं अनेक हाल्छन् फेसबुकमा । जे होस् हाँस्न लायक जोक्स थियो । मम सोचेभन्दा छिटो आयो, बिस्तारै खाएर एक छिन बस्दापनि एक घण्टा बच्यो । महन्द्रलाई फोन गरें फेरी र भनें, ‘वई ऐले नै आउँछु ।’

‘साले डिस्ट्रव गर्न अनेक जानेको छस्’ भन्दै हाँस्यो उ ।

बाईक स्ट्रट गरेर एक छिनमै संखमुल पुगें र महेन्द्रको ढोका ढक्ढकाएं, ‘आईस पापी’, भनेर हाँस्दै ढोका खोल्यो उसले । केटी खाटमा थिई, खाटको तन्ना र ति दुईटाको अनुहार हेर्दा थाहा भै हाल्यो भर्खर के चल्दै थियो यहाँ । एउटा कुर्ची तानेर बसें ।

यो केटी मलाई हेर्दै हाँस्न खोजे खोजे जस्तो गर्दिथी मैले देखेको नदेख्यै गरें । ‘यो मेरो जीग्री है, लङगुटिया दोस्त भन्छन् नि हो त्यस्तै’ महेन्द्रले युवतीलाई मेरो परिचय दियो । युवतीले दायाँ हात उठाउँदै ‘हाई म सोनिया भनिं’ । म मुसुक्क हाँसे मात्र । अनुहार नपरेकी युवती देखेर ।

‘आज चाहिँ खतरा पार्टी गर्नु पर्छ यार’ उसले चुरोट सल्काउँदै युवतीलाई भन्यो, ‘खोई बोलाउन त तिम्रो साथीलाई ।’

‘म पो तपाँईलाई माया गर्ने भएर आएको त उ आउँदिन की चिन्नु न जान्नु ।’

‘चिनजान त भै हाल्छ नि डियर बोलाउन पहिला, फिदा हुन्छीन तिम्रो साथी यो मेरो जीग्री फिल्मा हिरो बन्न बोलाउँदा नगएको केटो पो हो त, ‘ उसले मेरो कुममा भुक्क मुड्कीले हान्दै मेरो मिलेको थोपडाको बढाईचढाई बखान गर्यो । म यी दुईटाको गफ चुरोट तान्दै सुनिरहेको थिएं, चुपचाप ।

‘वई के लाटो जस्तो बसेको ?’ महेन्द्रको उसैपनि ठुलो स्वर म झस्याङ्गै हुने गरि च्याठ्ठीयो ।

‘तेरै तागत छ तँलाई चाहिने भए बोला । मान्छेको यहाँ दिमाग खराव भै राख गलफ्रेण्ड रिसाएर, माईण्ड फ्रेस होलाकी भनेर संगै जाँड खाउँन त दाजुभाई भएर भनेर पो त । यस्तो हावा कुरा गर्ने भए म हिँडें है महेन्द्र,’ मैले धक्की शैलीमा भनें ।

मेरो जवाफले त्यो युवतीको बिग्रेको मुख अझैं बिग्रीयो महेन्द्रले डाईलग मार्यो –  ‘८० बर्षका बुढाहरुको यस्तै हो, जोईटिङग्रे साले, अब जोईटिङग्रे नि के भन्नु जोई भए पो । गलफ्रेण्ड टिङग्रे भनौंन,’ उ फेरी आफ्नै कुरामा आफैं हाँस्यो जोडले ।

मेरो मोवाईलको घण्टी बज्यो, मेनपावरवालाको रहेछ, ‘भाई पैसा रेडी भयो त ? ‘ फोन उठाउनना साथ यहि सोधियो, ‘अं दाई दिईसक्यो त्यो भाईले मै संग छ अहिले नि बोकेरै हिँडेको छु, । आज एउटा काममा बीजी भएर आउन पाईन भोली बिहान फस्ट आवरमै  आईपुग्छु म ।’ ल ल भाई’ भन्दै फोन राख्यो उसले ।

‘जा महेन्द्र पसल । मासु र भोड्का ल्याईज’ भन्दै हजारको नोठ दिदैं भने महेन्द्र कड्कीयो, ‘साले दलाली, दुनिया बिदेस जानेको पैसा ठगेर खाएको छ, कन्जुस हजार रुपैया झिक्छ, २ हजार ले, यहाँ तेल नि कीन्नु छ, तेसै मासु पाक्छ, सब कुरा सक्केको छ ।’

‘तेरो बाउले राख्न दिएको छ नि यहाँ मलाई, आफ्नो  पैसा थपेर ल्याईज,’

उ किन मान्थ्यो उसको पुरानो बानी थाहा भएको मैले ५ सयको नोठ दिंदै भनें ‘दुई प्याकेट चुरोट ल्याईज ।’लल भन्दै उ बाहिरियो कोठामा युवती र म मात्र भयौं, के कुरा गर्नु त्यो केटी संग रु मोवाईलबाट फेसबुक खोलेर साथीहरुको मोवाईलमा लाईक गर्दै थिएं केटी बोली, ‘के हो नी तपाँईको नाम हं,’ मैले नबुझेझैं टाउको उठाएर उ तिर हेरें ।

‘नाम के हो भनेको के ?’ उ खितित्त हाँसी कुन्नी कीन हो ।

‘दिपक हो’, मैले छोटो उत्तर दिएं ।

‘य कस्तो राम्रो नाम’ उसले चेपारे शैलीमा भनि म फेसबुकमै ब्यस्त रहें ।

‘घर चाहिँ कहाँ हो नी तपाँईको महेन्द्रकै तिर हो नी  ?’

यो केटीले दह्रै परिचय गर्न खोजी कती भाउ खानु भनेर सोधें, ‘तिम्रो घर चाहिँ कहाँ हो नी ?

२१ बर्ष जतिकी युवती त्यो पनि महेन्द्रको कोठामा एक दिनलाई मस्ती मार्न आएकी किन तपाँई भन्नु पर्यो र ? महेन्द्रकी साँच्चै कै गलफेण्ड भएको भए तपाँई भन्थें, अझ भाउजु नै भन्थें ।

‘झापा हो’ उसले पुरानै लवजमा भनि ।

‘झपा कहाँ ?  म दुईचोटी झापा पुगेको भएर जान्न मन लाग्यो ।

‘शनिश्चरे बजार । तपाई जानु भएको छ क्या हो ‘ ?

‘गएको छु साथीहरु छन् त्यता मेरो ।’ धन्न उसले को साथी के नाम सोधीन ।

‘के गर्नु हुन्छ नि तपाँई ?’ प्रश्न त गरिरहिछे तर यो केटीको बोलीमा मिसिएर आउने चेपारेपन पटक्कै मन परेको छैन । अल्छी लाग्दा लाग्दै नी भनें, केही गर्दीन म ।उसले बाँकी बोल्दै दिईन र भनिहाली ‘अँ ढाट्नुहुन्छ तपाईपनि ।’

कस्ती औडाहा लाग्दी केटी हो, अर्कालाई बोल्न मन छैन भन्ने जाने पछि त नबोल्नु नि । आफ्नो बारेमा बताउनु भन्दा उसलाई सोध्नु ठिक लाग्यो र भनें – ‘तिमी के गर्छेउ नि ?’

‘पढ्दैछु’ भनेर उ रोक्कीएपछि मै बोलें ‘कुन कलेज’ ?

मोवाईलको स्क्रीन चलाउँदै जवाफ दिई, अस्कलमा साईन्स पढ्छु । अस्कल क्याम्पसमा साईन्स त पढाई हुन्छ नि मलाई थाहा छैन झैं गरि उसले सुनाई । हेर्दा त साईन्स पढ्ने जस्तो देखिईदिन , हुनत थोपडामा फ्याकल्टी टाँसीने होईन क्यारे । आफु म्यानेजमेण्टमा आईकम कटाउन नसकेर पढाई छोडेकाले अर्काको पढाईको बारेमा के दुवाल फसाल गर्नु ! बिएस्सी पहिलो बर्षमा के के सब्जेट हुन्छ भन्ने थाहा भएको भए धक्कु देखाउन पनि सोध्थें, उसले ढाँटेकी भएपनि चोरी पक्रीन्थ्यो । यो कुरा महेन्द्रलाई थाहा छ जती केटी बटुलेनी त्यसले यो बर्ष ब्याचलर सक्यो अव मास्टर्स ज्वाईन गर्दैछ ।

उसको मोवाईलमा फोन आयो उठाएर कुरा गर्न थाली उ । ‘अँ तपाँईपनि, माया मारेको हैन के, छाती चिरेर देखाउन नमिल्ने, भोली भेट्छु पक्का ‘ भन्दै फोन राखी । उताबाट के के कुरा भनियो मैले सुनिन ।

फेरी यो बक्बकेले के-के सोध्ने हो जस्तो लागेर महेन्द्रलाई फोन लगाए, फोन उठाउनासाथ कराएँ ‘वई साले रक्सी लिन नी बालिङ्ग बजार नै पुगिस् के हो ?  ढिलो गर्यो भने हामीले सानैबाट भन्दै आएको वाक्यनै दोहोर्याएको थिएं । ‘कहाँ छस् हिँडे है म त ।’

उ हाँस्दै भित्र पस्यो ढोकामै बसेर फोन उठाएको रहेछ सालेले । भित्र पस्नासाथ भन्यो ‘चिकेन पकाउ त डालीङ्ग ।’ महेन्द्रको अनुरोधमा केटीले फेरी नखरा देखाई ‘अँ मिठो भएन भने नी फेरी  ?

‘तिमी जस्तो राम्रो मान्छेले पकाएपछि पनि नमिठो हुन्छ त, ल म प्याज काट्छु’ भन्दै उ तम्सीयो युवती खाटबाट उठेर किचन र्याक तिर गै ।

जीस्कीदैं जीस्कीदैं मासु पकाए दुई जनाले । ‘ल अव रक्सी हाल्’ भन्दै सीसाका ३ वटा गीँलास मेरो अगाडी राख्यो महेन्द्रले , म भुईको कार्पेटमा बसेर गीलासमा खन्याएं, ‘ल चियर्स’ भन्दै पीउन सुरु गर्यौं ३ जनाले ।

बिस्तारै महेन्द्र उत्तउलो हुँदै आयो, युवतीको छातीतिर हात पुर्याउँथ्यो, युवती ‘छि कस्तो हो के’ भन्दै मस्कन्थी, म नदेखेझैं गर्थें ।

साँझको साँडे सात बज्दै थियो युवती ‘ढिला भै सक्यो कोठामा जान’ भन्दैथी तै पनि यो पक्का थियो की आज युवती यहिँ बस्न तयार भै सकेकी छ । महेन्द्रले बातै पिच्छे मलाई हेपेको शैलीमा जोईटिङग्रें भनि रर्यो । अलि अलि रक्सी चढ्न थालेपछि म पनि बिस्तारै तिनीहरुको छाडा गफमा मिसिएं ।

‘उसको साथी आउँछ के दिपक बोलाउँन यार । मुला रातभरी हामी मोज गर्छौै तँ थुक निल्दै बस् ।’ महेन्द्रले अति गरेपछि मलाई नि जोस आयो र भनें ‘ल बोला न त बोला ।’

महेन्द्रले पनि चेपारे घस्न सिकेछ यो केटीबाट, टाँस्सीदै भन्यो ‘ल बोलाउ न त कालु तिम्रो साथीलाई ।’ केटीले कुरा फुस्काई जाँडको तालमा । आउँछे बोलायो भने ‘अघि नै एसएमएस गरी सकें मैले ।’

‘कती बाठी छ नि मेरो डालीङ्ग’ युवतीका गाला चिमोट्दै महेन्द्रले भन्यो । ल फोन गर गर । उसले फोन लगाई साथीलाई । आउन त आउँथी तर यसबेला गाडी पाउँदैन के गर्ने भन्छे, फोन नराखीकनै हामीलाई सोथी उसले । मैले उक्सीदैं भनें ‘ट्याक्सीमा आउ भनन म पैसा दिन्छु ।’

उसले लोकेसन दिई साथीलाई । एक घण्टामै शंखमुल चोकमा ट्याक्सी आईपुग्यो,’ लिन आईज कता हो’ भनेपछि महेन्द्रका दुईजना अलिअलि लरबरिंदै निस्कीएं, मैले २ हजार दिंदै भने ‘ट्याक्सीको पैसा तिरेर एक फुल भोड्का ल्याईज बाँकीको चुरोट ।’ उ फुर्कीदै गयो ।
गएको ५ मिनेटमै आईपुगे तिन जना । चन्डाल महेन्द्रले ट्याक्सीवालासंग फोनमा कुरा गरेर लोकेसन दिएछ ।

रक्सीले तिरमीराउन लागेको आँखा भएर हो की किन हो मेरो लागि आएकी युवती सोचे भन्दा राम्री लाग्यो । रातो रंगको वान पीसमा छोडिएको कपाल र भद्दा नदेखिने गरि गरिएको मेकअपले यो चाहिँ पढेलेखेकी जस्तै देख्खीई । ‘हाई’ भन्दै भित्र पसि उ । एकछिन फतफताई, ‘यसबेला बोलाएर हुन्छ तरु धन्न ट्याक्सी पाईयो ।’

हाँस्दै भनें, ‘साँडे सात बजे नै काठमाण्डौंमा ट्याक्सी पाउन छोड्यो भने त राजधानी के बस्नु त ?’

‘अँ पाउँछ नी, कस्ता चोर हुन्छन् ट्याक्सीवाला, यति बाटो आउँदानी ६ सय रुपैया लियो,’ उसले प्रतिकार गरिहाली । ‘आम्मामा पार्टी त दह्रो रहेछ नि’ उसले हाम्रा गीलासतिर हेरेर भुईमै बस्दै भनि ।

केटी अलि कडा मिजासकी जस्ती, चेपारे नपारी ड्याङग बोलीदिने, म जस्तै । फुरुक्क परें म,  मुखले नभनेपनि महेन्द्रलाई धन्यवाद दिएं । पहिले खान्न खान्न भनेपनि पछि उ पनि मिस्सीई हाम्रो जाँड पार्टीमा । अझ रमाईले त यति बेला भयो जव उसले पनि चुरोट पीई म संगै ।
हामीलाई त पहिलेनै चडिसकेको गफ्फििने भईहाल्यौं, उ भर्खरै सुरु गरेकी भएपनि हामी भन्दा कम चाहिँ रैनछे बोल्न । ठुलो स्वरले हाँस्ने बानिमा महेन्द्र जस्ती रहीछे । उ ठुलो स्वरले हाँस्दा महेन्द्रकी वाली बोलीहाल्थी, ‘यो केटीको त आवाजै ठुलो के कत्रो स्वरले हाँसेको ?’

उ जवाफ पर्काईहाल्थी ‘अनि रमाईलो गर्न आउँदा पनि नुन खाएको पोथी जस्तो भएर को बस्छ त ?’

यो कोठामा जे गरेनी ढुक्कै छ, छिमेकीले महेन्द्रको बानी थाहा पाएका छन्, उ मुखले मिठो बोलीदिन्छ कसैले केहि भनीहाले पनि । घरबेटी यो घरमा बस्दैनन् ।

राती ११ बजे सम्ममा सबै झल्लु नै भयौं । मेहन्द्रका २ जना भुईंमा ओछ्यान लगाएर सुत्ने भए, हामी खाटमा । रक्सीको ताल बैंसको बेला हामीे राति २ बजे सम्म सकेजती मर्द बन्यौं । लाज र सरम भन्ने केहि रहेन ।

बिहान ८ बजे महेन्द्र बिउँझिएछ मलाई घच्घचाउँदै भन्यो, ‘वई उठ् साले ।’ ‘बढि नकरा है’ आधा निन्द्रा र आधा तन्त्रामै रिसाएँ म ।

‘यो कुम्भकर्ण त यस्तै हो, उठ् साले भात पकाउँ, हेरन ताल नाङ्गै।’

‘साले कस्तो खत्तम छ’ भने, आँखा मीच्दै बालाङकेटले शरिर छोपें । दुईटै केटीहरु नदेखेपछि सोधें, ‘कहाँ गए छप्कीहरु !’

‘खै कता गए, ढोका खुल्लै थियो, गएछन् क्यारे । छोड्देन रातभर मोज गरिहाल्यौं’ महेन्द्र यसपटक भने हाँसेन ।

‘चिया बना त’ भन्दै आफ्ना लुगाहरु खोज्न थालें, ‘ला यहाँ छ नङ्गाबाबा’ महेन्द्रले खाटबाट तल झरेका लुगा दिंदै भन्यो ।

‘ह्या चिनी रैनछ फेरी’ भन्दै महेन्द्रले टेवलबाट पर्स उठायो र भन्यो ‘वई दिपक तैले यहाँको पैसा कहाँ राखिस्  ?

यसले मजाक गर्दैछ भन्ने भएर भनें, ‘एक लात्ती दिन्छु अनि किन झिक्ने तँ भिकारीको पैसा मैले  ?

‘छैन त यार ५५ सय जति थियो,’ उसले पर्सको कुनाकाप्चा फेरी दोहार्याएर हेर्यो ।

उसले खोजेझैं गर्यो खोज्यो नै भनौं, संभावीत ठाउँहरुमा तर भेटेन ।

रिसाउँदै भनें, ‘लास्ट नाटकी भयो यार यो, छैन भने छैन भन्नु नी,’ भन्दै आफ्नो पर्स खोल्छु त मेरोमा पनि पैसा छैन । एटीएम कार्ड देखी अरु कागजपत्र सबै छन्, तर २ रुपैयाको सिक्का बाहेक बाँकी पैसा छैन । पाईन्टका पकेट चेक गरें छैन ।

‘के हो महेन्द्र मेरो पैसा नी छैन त, तेरो काम होला यो मजाक गर्ने बानी चैं कैलेहि गएन तेरो ।’

‘ह्या अनेक दोस लाउने क्या त्यही काम गरेर बस्न बाँकी छ’ उ रिसायो यो पटक । जाँडको तालमा कतै राख्यौं कि भनेर खाटको पत्रा देखी खाटामुनी सम्म खोज्न थाल्यौं, भेटीएन ।

महेन्द्र प्वाक्क बोल्यो, ‘कि ती केटीहरुले लगे ।’ उसले यति भनेपछि मैले घाँटी छामें, ३ तोलाको सिक्री थिएन । हतपट भुईमा राखेको ब्याग खोलें ८० हजार पैसा नी गायव । ढक्क मुटुनै फुल्यो थचक्क खाटमा बसें, मेरो ताल देखेर महेन्द्रले संधैझैं सोध्यो ‘वई के भो ?’ उसले मेरो ब्यागमा यतिका रकम थियो र घाँटीको सीक्री पनि छैन भन्ने थाहै पाएको रैनछ ।

‘साला कहाँबाट ल्याएको ति केटीहरु ? मेरो सिक्रीनी छैन, मेरो ब्यागमा ८० हजार पैसा थियो कतार जाने केटाले मेनपावरमा बुझाउन दिएको’ भन्दै महेन्द्रको कठालो समातें । उ अक्क न बक्क भयो ।

‘फोन लगा रण्डीहरुलाई’ मैले महेन्द्रलाई खाउँलाझैै गरि हेरें ।

डराएको स्वमा बोल्यो  महेन्द्र-फोन नं. नै छैन त यार ।’

‘मुला हेर हैं तलाँई म यहिँ काटेर गाड्दिन्छु अनि । तैले बोलाएको होईन ति भालुहरुलाई?अहिले १० बजे मेनपावमा पैसा बुझाउनु छ, आजै बेलुकाको फ्लाईट छ त्यो अनिलको । तेरो ढाड भाँच्चु म । हिजो भन्दैथिहिस् त बियस्सी पढ्ने केटीहरु हो भनेर,त्यो केटी नी त्यहि भन्दै थिई । ‘

आज कतार जाने केटो हाम्रै गाउँको हो त्यो भएर महेन्द्रले नि चिन्थ्यो । केटीको पढाईको कुरामा उसले भन्यो-तिनीहरुले साईन्स पढ्छु भनेको झुट हो, मैले यो कुरा थाहा पाथें, तै पनि एक रातेहरुलाई किन अप्ठेरोमा पार्ने, भनेर हो मा हो मीलाएको मात्र । तेसै भन्देको हो मैले त त्यो कुरा । त्यो केटी मैलेपनि हिजै मात्र चिनेको । चाबहिल गएको थिए हिजो १२ बजे । खाना खाएको थिएन, भोक लागेर एउटा मःम पसल छिरेको, त्यो केटि पनि मःम खादै थिई । चिन्दै नचिनी बोलौंला-बोलौंला झै गरेर हेरेको हेरयै गरी । बोलौंन त भनेर बोलेका, गफै गफमा कोठामा आउन रेडि भई र ल्याएको । फोन नं. मागेकै छैन यार ।’

आफु रुनु न महेन्द्रलाई कुटनु भएपछि मैले हिजो खाएको रक्सिको गिलास उठाएर भित्तामा हानें । शिसाको गिलाश फुटेर चारतिर भयो ।’हिड त्यो हिजोको मःम पसलमा’भन्दै हप्काए, दिमागले काम गरेको थिएन । मुख पनि नधोई बाईक स्र्टाट गरेर चाबहिल पुग्यौं, हुलिया सहित साहुनीलाई सोध्यौं ।

‘खोई भाई याद भएन, कति जना आउछ्न जान्छन’भन्दै सम्झन खोजेझैं गरीन साहुनीले । के भो भाई भन्दै थिईन उनि हाम्रो हालत देखेर ।

सालीले हाम्रो पैंशा र गहना लुटि नी । महेन्द्रको मुखबाट फुत्कियो । दया लागेर कहाँ के भन्दै साहुनीले चासो राखेपछी त्यही पनि खोजि दिईहाल्छेकी त भनेर महेन्द्रले घटनाको संछिप्त कथा सुनायो ।

‘अब कहाँ भेटीएला, त्यस्ता केटीहरु चलाख हुन्छन नि । तपाईहरु यहि खोज्न आउछन भनेर नी तिनिहरु यहाँ आउदैनन अब । यस्तै हो भाई जवानीलाई लगाम नलाएसी । चिन्नु न जान्नुका केटी बटुलेपछी ।’

ब्यर्थै सुनाएको जस्तो भयो, साहुनीले हामीलाई ब्यग्यं हानेपछी । होटेलबाट निस्किएर बाईक स्र्टाट गरे गौशाला तिर । बिस्तारै बोल्यो महेन्द्र,-पुलिसमा जाने त ?

म चुप भएपछी फेरी बोल्यो,’जाउ न त हिड त्यही पनि फेला पर्छन कि !घच्याक्क बाईकको ब्रेक लगाएर रोकेर भने, भुत्रो भन्ने पुलिसलाई ?सुनिनस् अघि त्यो साहुनीले के भनी ? मुजि दश दुनिया केटी बटाल्दै हिडछ फुटपाथको ।

सरी यार के थाहा यस्तो हुन्छ भन्ने रु ठिक भन्थिस तैले, कुन दिन डुबाउछन तलाई केटीले भन्थिस, मैले गर्दा त पनि डुबिस यार । महेन्द्रले आशु नै चुहाउला झैं गरी बोल्यो ।

होस ठेगानमा थिएन मेरो । ब्याकंमा पनि आठ हजार मात्र छ । तीन हप्ता पहिले मात्रै बहिनीको बिहे गरेको, सबै झिकेर खर्च गरे । तीन चार दिनको ख्यावो भ को भएनी साथीभाईसँग माग्न हुन्थ्यो । महेन्द्रसँग त कोठा चलाउन नि पैंशा हुन्न । त्यसलाई पचपन्न सय हराउनु मेरो असी हजार भन्दा ठूलो भएको छ ।

फेरी महाराजगंजतिर मोडे बाईक, महाराजगंज चोक पुग्यौं । कहाँ बस्ने, चिया खाने ठाउ छिरेर कसैलाई फोन गरौं, चियाको पैंशा तिर्नलाई छैन । फेरी बाईक घुमाए, चप्पल कारखाना पुरयाएर रोके । छेउ लागेर सब साथीलाई फोन गरे, तुरुन्तै पैंशा चाहियो, मेरो पैंशा हरायो भने । अरु त के भन्नु, सबैले अहिले त छैन यार भन्ने जवाफ दिए । दुई जनाले दिन्छु भने, एउटाले सात हजार एउटाले तीन हजार । दश हजारले के गर्ने ।

महेन्द्र पनी दश बिन्ति लगाएर चार तिर फोन गर्दै थियो, बिचरा घरमा बाउलाई पनि फोन लायो त्यसले । यत्रो पैंशा किन के भन्दैमा त्यसको मोबाईलको पैंशा सकियो । केहि उपाय नलागेपछि मेनपावरको साहुलाई फोन गरेर दाई पैंशा हरायो, त्यो मान्छेले दिएको थियो, बर्बाद भयो । म तिन दिनमा खोजेर दिन्छु, प्लिज त्यसको पैंशा हालिदिनु परयो भनेर बिन्ति बिसाउदा मेनपावरबाला बोल्यो, हुदैन भाई यसरी । मेनपावर घाटामा छ अहिले, उसँग जाने लटका सबैको पैंशा खर्च भईसक्यो । यस्तो सस्तोमा मिलाएको मैले, खोज्नु खोज्नु या मलाई टेन्सन हुन्छ भन्दै फोन राख्यो । म पुरानो एजेन्ट भएको भए दिदो हो, जम्मा दुई जना मान्छे लगेको एजेन्टलाई भर गरेन त्यसले ।

दश बज्यो, त्यो भाईको फोन आयो । के भनेर फोन उठाउनु, उसलाई मैले यत्रो धोका दिएँ  । आफनै गाउँको भाई, गरिबको छोराले रिन खोजेर जम्मा पारेको पैंशा । सोच्दा सोच्दै रिंगटा लागेर ढलिएला जस्तो भयो । तारैतार त्यो भाईको फोन आउन थालेपछि तप्प आँशु झारेर  मोबाईल अफ गरें  ।

[email protected]

Facebook Comments
  • 9
    Shares

You may be interested

अर्जुन पौडेलको सांगीतिक यात्रा सुरु, ‘देखिरन्छु जहिले’ छिट्टै सार्वजनिक हुँदै
मनोरञ्जन
0 shares14 views
मनोरञ्जन
0 shares14 views

अर्जुन पौडेलको सांगीतिक यात्रा सुरु, ‘देखिरन्छु जहिले’ छिट्टै सार्वजनिक हुँदै

विशाल पाण्डेय - २०७५, २ भाद्र २०:५१

काठमाडौँ । गीत संगीत जीवनको एक अभिन्न पाटो हो । यसलाई कसैले नकार्न सक्तैन । संगीतले मानव मष्तिस्कलाई स्फूर्त बनाउँछ…

१५ सदस्यीय टोली घोषणा: पारस कप्तान
खेलकुद
0 shares17 views
खेलकुद
0 shares17 views

१५ सदस्यीय टोली घोषणा: पारस कप्तान

himal post - २०७५, २ भाद्र १८:५२

काठमाडौँ ।  एसिया कप क्रिकेट प्रतियोगिताको छनोट खेलका लागि पारस खड्काको कप्तानीमा १५ सदस्यीय टोली शनिबार घोषणा गरिएको छ ।…

उपेन्द्र यादवले किन गरे प्रधानमन्त्रीलाई बहिस्कार ?
राजनीति
0 shares29 views
राजनीति
0 shares29 views

उपेन्द्र यादवले किन गरे प्रधानमन्त्रीलाई बहिस्कार ?

himal post - २०७५, २ भाद्र १८:४८

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज प्रदेश २ को प्रदेशसभालाई सम्बोधन गरेका छन् । तर, प्रधानमन्त्री ओलीप्रतिको सोचाई मधेशमा…