अबका दुई साता झन् खतरापूर्ण छन्: प्रधानमन्त्री ओली
काठमाडौँ –प्रधानमन्त्री केपी शर्मा ओलीेले राष्ट्रका नाममा संबोधन गर्दै अबका दुई साता झन् खतरापूर्ण भएको बताएका छन् ।
उनले कोरोना भाइरस एक जना स्थानीयलाई देखिएसँगै सरकार थप सचेत भएर रोकथामको काम अघि बढाएको दाबी गरेका गरेका छन्।
मगंलबार राष्ट्रका नाममा संबोधन गर्नेक्रममा उनले नेपाल पनि कोरोना भाइरसका संक्रमित ९ जनामा मात्रै सीमित हुनुको कारण साझा प्रयासले भएको बताएका छन्।
उनले लकडाउनले परेको असरप्रति क्षमा मागेका छन्। तर समस्या यथावत भएको र थप सावधानी नअपनाएको खण्डमा भयावह अवस्था आउन सक्ने उनले बताए।
सीमित पूर्वाधार, स्वास्थ्यसामग्रीको कमीका बाबजुत पनि राष्ट्रसेवक र स्वास्थ्यकर्मीले देखाएको कामको प्रसशंसा गर्नु पर्ने उनले बताए। यस्ता संकटका बेला प्रदेश तथा स्थानीय सरकारको भूमिका महत्वपूर्ण हुने शिक्षा पनि लिइएको उनले बताए।
यस्तो बेला सामाजिक संघसंस्थाको भूमिका महत्वपूर्ण रहेको बताए।
स्थानीय एक जनामा संक्रमण देखिएसँगै थप सचेत भएर सरकारले काम गरेको छ। सीसीएमसीले चार संरचना खडा गरेर बिरामीको ओसारपोसारदेखि अनेकौ काम गर्ने उनले बताए ।