दुई राप्रपाको एकता घोषणा सभामा तनाव: कार्यकर्ताले बारे भाँडभैलो - Himal Post Himal Post
  • ५ जेष्ठ २०८१, शनिबार
  •      Sat May 18 2024
Logo

दुई राप्रपाको एकता घोषणा सभामा तनाव: कार्यकर्ताले बारे भाँडभैलो



काठमाडौं- पटक पटक फुट्दै र जोडिंदै आएका दुई राप्रपाको एकता घोषणा हुने सभामा तनाव उत्पन्न भएको छ।

राप्रपा र राप्रपा संयुक्तबीचको एकता घोषणा गर्ने सभामै यस्तो अवस्था बनेको हो ।

राजधानीमा जारी दुई राप्रपाबीचको एकतासभामा कार्यकर्ताले अबदेखि पार्टी टुक्र्याउन नपाइने भन्दै भाँडभैलो मच्चाएका हुन् ।

एक नेताले सम्बोधन गरिरहेकै समयमा बसेका पार्टी कार्यकर्ताहरुले अब पार्टी फुटाउन नपाउनेगरी कसम खाना लगाएपछि तनावको अवस्था आएको छ।

कार्यकर्ताले अध्यक्षहरुलाई गिता छोएर अबदेखि पार्टी फुटाउँदैनौ भनेर कसम खान दबाब दिएपछि अध्यक्षहरुले त्यसको इन्कार गरेका थिए ।

अध्यक्षहरुले इन्कार गरेलगत्तै भाँडभैलो मच्चिएको हो ।