गिरीले गरे ओलीलाई व्यंग्य ! - Himal Post Himal Post
  • ७ श्रावण २०८३, बिहीबार
  •      Thu Jul 23 2026
Logo

गिरीले गरे ओलीलाई व्यंग्य !



काठमाडौं । प्रधानमन्त्री केपी शर्माको भारत भ्रमणमा कलाकार सहभागी भएको बिषयमा हास्यकलाकार दीपकराज गिरीले ब्यङ्ग्य गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै कलाकार गिरीले ब्यङग्य गरेका हुन् ।

गिरीले लेखका छन् ‘कलाकारको महत्व कलाकारले नै बुझ्छ भन्थे केपिले बुझेछन्, आफ्नो भ्रमण दलमा कलाकारलाई राखेर । (धन्यबाद) ।’ गिरीको स्ट्याटसमा केहि सकरात्मक प्रतिक्रिया आएका छन् भने केहि नकरात्मक प्रतिक्रिया आएका छन् । गिरीको पोष्टमा कतिपयले ससारै जिते झै लाज्ग्छ कि के हो, मानिन्थ्यो अब मान्न छोडीयो’ भन्ने प्रतिक्रिया दिएका छन् । उक्त प्रतिक्रियामाथि गिरीले लेखेका छन् ‘बिचरा अन्धभक्त कार्यकर्ताहरूको रोदन ।।। स्ट्याटसको भाब पनि बुझन सक्दैनन् ।।’

तर कतिपयले गिरीको भनाईलाई राम्रो पनि भनेका छन् । अनि कतिपयले जान नपाएको आक्रोस पनि भनेका छन् ।तर सबैलाई प्रतिक्रिया दिनेहरुलाई गिरीले एकमुष्टमा कमेन्ट गरेका छन् धन्यबाद सम्पूर्ण मित्रहरू लाई ।।।।।।।गालि गर्नु हुनेहरू, माया गर्नु हुनेहरू ।। आशय बुझ्नेहरू नबुझ्नेहरू सबैलाई शुभप्रभात तपाइहरूको दिन शुभ रहोस् ।’

गिरीको यो स्ट्याटसमा केहि नेकपा एमालेका कार्यकर्ताहरूले २, ३ वटा फिल्म हिट हुँदैमा यस्तो लेख्न नहुने प्रतिक्रिया दिएका छन् । उनीहरूले गिरीलार्इ प्रतिक्रिया दिदैं लेखेका छन् ‘संसारै जिते झै लाज्ग्छ कि के हो, मानिन्थ्यो अब मान्न छोडियो ।’ उनको यो स्ट्याटसले अागामी दिनमा उनलार्इ कतिको असर गर्छ या गर्दैन त्यो भने हेर्न बाँकि छ ।