लमजुङमा देव गुरुङ र पृथ्वीसुब्बा गुरुङबीच कडा टक्कर - Himal Post Himal Post
  • १४ असार २०८३, आईतवार
  •      Sun Jun 28 2026
Logo

लमजुङमा देव गुरुङ र पृथ्वीसुब्बा गुरुङबीच कडा टक्कर



लमजुङमा गठबन्धनबाट नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङले अग्र स्थानमा रहेका नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङसँगको मतान्तर घटाएका छन्।

केही बेरअघि प्राप्त मत परिणामअनुसार अब पृथ्वीसुब्बा देव गुरुङभन्दा ३०८ मतले मात्र अगाडि छन्।

अहिलेसम्म पृथ्वीसुब्बा गुरुङले २२ हजार ४ सय ३८ र देव गुरुङले २२ हजार १ सय ३० मत पाएका छन्।

अब बेँसीसहर नगरपालिका र मर्स्याङ्दी गाउँपालिकाको मत गन्न बाँकी छ।