माओवादीको महाधिवेशन समय दुई दिन थपियो - Himal Post Himal Post
  • १२ श्रावण २०८१, शनिबार
  •      Sat Jul 27 2024
Logo

माओवादीको महाधिवेशन समय दुई दिन थपियो



काठमाडौं- आइतबार बिहान पार्टी मुख्यालय पेरिसडाँडामा बसेको पार्टी केन्द्रीय कमिटी बैठकले राष्ट्रिय सम्मेलन महाधिवेशनमा परिणत भएपछि ११ देखि १३ सम्म हुने कार्यक्रम २ दिन थप गर्ने निर्णय भएको केन्द्रीय सदस्य अजय शंकर नायकले बताए ।

महाधिवेशन हुने भएपछि विचारहरूको बहस अलिक धेरै गर्नुपर्ने भएकाले समय थपिएको उनको भनाइ थियो ।

यसअघि बैठकले राष्ट्रिय सम्मेलनलाई महाधिवेशनमा परिणत गर्ने निर्णय केन्द्रीय कमिटीबाट अनुमोदन गरेको थियो । देशभरि नेतृत्व चयनको प्रक्रिया उत्साहजनक रुपमा सम्पन्न भएको आधारमा यसलाई महाधिवेशन भन्ने निष्कर्षमा आफू पुगेको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बताए ।

यसअघि शनिबार साँझ बसेको स्थायी कमिटी बैठकले पनि सम्मेलनलाई महाधिवेशनमा परिणत गर्ने निर्णय गरेको थियो ।