माछा मार्ने क्रममा डुबेर कैलालीमा एकको मृत्यु - Himal Post Himal Post
  • ७ श्रावण २०८३, बिहीबार
  •      Thu Jul 23 2026
Logo

माछा मार्ने क्रममा डुबेर कैलालीमा एकको मृत्यु



विशाल पाण्डेय / कैलाली ।
घोडाघोडी नगरपालिका- ११ भलवामा माछा मार्ने क्रममा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय अन्दाजी ५० बर्षिया लेदुराम डगौरा रहेको ईलाका प्रहरी कार्यालय सुखडले जानकारी दिएको छ ।

डगौरा मृगी रोगी रहेको परिवार स्रोतले जनाएको छ । मृगी रोगी हुँदा माछा मार्ने क्रममा अचानक बेहोस हुदा नाक, मुख दलदले हिलो सहितको पानीमा गाडीएकाले निसासिएर डगौराको मृत्यु भएको हुन सक्ने प्रहरीले जनाएको छ ।

शवलाई पोष्टमार्टमको लागि धनगढी पठाउने तयारी भइरहेको ईलाका प्रहरी कार्यालय सुखडका प्रहरी निरिक्षक हरिष शरण भट्टले जानकारी दिए ।