३३ किलो सुन काण्ड: कहानीमा ट्वीस्ट, डिएसपी पनि पक्राउ - Himal Post Himal Post
  • ४ जेष्ठ २०८१, शुक्रबार
  •      Fri May 17 2024
Logo

३३ किलो सुन काण्ड: कहानीमा ट्वीस्ट, डिएसपी पनि पक्राउ



विराटनगर – साढे ३३ केजी सुन गायब प्रकरणमा हत्या गरिएको सनम शाक्यको शव बरामद गर्ने अपराध महाशाखाको तत्कालिन टोलीका डीएसपी प्रजित केसीसमेत पक्राउ परेका छन् ।

उनीमाथि जिल्ला अदालत मोरङबाट कर्तव्य ज्यान र संगठित अपराधमा ३ दिन म्याद थप गरेर विस्तृत अनुसन्धान थालिएको छ ।

प्रहरीका अनुसार उनको बयान चित्तबुझ्दो नभएपछि नियन्त्रणमा लिइएको हो । आजको नेपाल समाचारपत्रमा समाचार छ ।

यसअघि फागुन १८ मा केसी नेतृत्वको प्रहरी टोलीले विराटनगर पोखरीयामा गाडीको डिकीबाट शाक्यको शव बरामद गरेको थियो ।