बिबादित डिएसपीको दौडधुप: लैजालान त आइजिपीले कर्मचारी प्रशासनमा - Himal Post Himal Post
  • ३ माघ २०८२, शुक्रबार
  •      Fri Jan 16 2026
Logo

बिबादित डिएसपीको दौडधुप: लैजालान त आइजिपीले कर्मचारी प्रशासनमा



काठमाडौं, विभिन्न ठाउँको सुरक्षा कमाण्डमा खटाइएका नेपाल प्रहरीको डिएसपी ऋषी कंडेल जहाँ गयो त्यही आर्थिक विवादमा परेपछि उनका व्याचका सबै प्रमोशन हुँदा समेत उनी डिएसपीमै बस्नु परेको छ ।

बझाङका यौन काण्डदेखि नुवाकोटको बालुवा काण्ड हुँदै अनेक विषयमा विवादित कंडेललाई मुख्यालयले हेडक्वाटर तानेको थियो । यसरी जहाँ गयो त्यही आर्थिक मामिलामा विवादमा आइरहने कंडेलले पछिल्लो पटक नेपाल प्रहरीको कर्मचारी प्रशासनमा आँखा लगाएको बुझिएको छ ।

प्राप्त समाचार अनुसार जवानदेखि अधिकृतसम्म सरुवा गर्दा आर्थिक लेनदेन र सरुवाको सूचना सम्बन्धीत व्यक्तिलाई चुहाएवापत रकम प्राप्त हुने भनिने कर्मचारी प्रशासनमा पुग्नका लागि डिएसपी ऋषी कंडेल शक्ति केन्द्रको ढोका चाहार्न थालेका छन् ।

नेपाल प्रहरीको सेवा प्रारम्भदेखि स्वच्छ र कसैको दबाब र रवाफलाई मन नपराउने वर्तमान महानिरीक्षक सर्वेन्द्र खनालले कंडेलको व्यवहार राम्रैसँग बुझेका छन्। त्यसै कारण कर्मचारी प्रशासनमा जान नसक्ने कुरालाई कंडेलले राम्रैसँग बुझेका छन्। यस्तो अवस्था देखिएपछि कंडेलले आफ्नै जिल्ला र क्षेत्रका मन्त्री मार्फत दबाब दिएर जान खोजिरहेका छन् ।

सबै तह र तप्कामा शुन्य सहनशिलता खोजेको महानिरीक्षक खनाललाई दबाब दिलाए पनि खनाल भने उनलाई त्यस ठाउँमा लगेर संगठनलाई बदनाम गराउने पक्षमा छैनन् । कतिपय कुरामा दबाबलाई अत्यन्तै कठिनाइका साथ स्वीकार गर्दै आएका महानिरीक्षक खनालले यो दबाबलाई कसरी लिने हुने भन्ने विषयले चर्चा चल्न थलोको छ।

महानिरीक्षक खनालले डिएसपी कंडेललाई त्यहाँ ल्याउने दबाबलाई स्वीकार गरे भने कंडेलको रबाफले ५ महिनापछि सेवा निवृत्त हुने महानिरीक्षकलाई रौं बाराबर नटेर्ने कुरा प्राय निश्चित छ ।