निर्मला पन्त प्रकरण:सिआईबीका तत्कालिन डिएसपी जिसी हिरासतमा - Himal Post Himal Post
  • १ श्रावण २०८३, शुक्रबार
  •      Fri Jul 17 2026
Logo

निर्मला पन्त प्रकरण:सिआईबीका तत्कालिन डिएसपी जिसी हिरासतमा



काठमाडौं– बलात्कार पछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्त प्रकरणमा प्रमाण नष्ट गरेको आरोप लागेका केन्द्रीय अनुसन्धान ब्यूरो सिआईबीका तत्कालिन डिएसपी अंगुर जिसीलाई प्रहरीले हिरासतमा लिएको छ ।

सोमबार जिल्ला अदालत कञ्चनपुरमा उपस्थित भएका जिसीको बयान नसकिएकाले उनलाई प्रहरी हिरासतमा पठाइएको हो ।

जिल्ला आदालत कञ्चनपुरका श्रेष्तेदार हरिकृष्ण अवस्थीका अनुसार जिल्ला न्यायाधीश डा. राजेन्द्रकुमार आचार्यको उपस्थितिमा उनको बयान लिइएको थियो । अब मंगलबार थुनछेक बहस पछि आदेश जारी हुनेछ ।

निर्मला मृत फेला परेपछि चर्किएको आन्दोलनसँगै प्रहरी प्रधान कार्यालयले सिआईबीका डिएसपी जिसीको नेतृत्वमा घटनाको अनुसन्धान गर्नका लागि १३ साउनदेखि टोली कञ्चनपुर पठाएको थियो ।

आइतबार मात्रै आदालतले कञ्चनपुरका तत्कालिन प्रहरी प्रमुख डिल्लीराज विष्टलाई साढे दश लाख धरौटीमा रिहा गर्न आदेश दिएको थियो । एसपी विष्टसहित सो प्रकरणका ७ जना धरौटीमा रिहा भइसकेका छन् ।