ड्रोनबाट चुनावी प्रचारमा पौडेल - Himal Post Himal Post
  • १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
Logo

ड्रोनबाट चुनावी प्रचारमा पौडेल



तनहुँ १८ मंसिर–

नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं तनहुँ क्षेत्र नं १ का प्रदेश सभा १ का उम्मेदवार प्रदीप पौडेल ड्रोनको प्रयोग गरी चुनावी प्रचारमा जुटेका छन् ।

तनहुँको सिसाघाटमा आइतबार आयोजित चुनावी कोण सभामा ड्रोनको प्रयोग गरी काँग्रेसको प्रचार गरिएको थियो । सो चुनावी सभामा ड्रोनबाट पुष्पवृष्टि गरिएको हो । काँग्रेसले चुनावमा मतदातालाई आकर्षण गर्न पनि नयाँ नयाँ प्रविधिद्वारा प्रयोग गरेको उनले बताए । ड्रोनमा पोस्टर, पम्प्लेट र ब्यानर राखेर रिमोट कन्ट्रोलको सहायताले मानिस जान नसक्ने ठाउँमा सजिलैसँग पु¥याएर प्रचारप्रसार गर्ने गरिएको छ ।

फ्रेममा राखी पोस्टर, पम्प्लेट फ्लाइड कन्ट्रोल र रिसिभर एण्ड ट्रान्समिटरको प्रयोग गरी ड्रोनलाई जमिनदेखि २०० फिट माथि उडाएर प्रचार प्रसार गरिँदै आएको छ ।

सिनर्जी अटो मेसन एण्ड इन्स्टुमेनटेशन कम्पनीमा आबद्ध शैलेश सुवेदी, प्रमोदसिंह मन्याल, निरज खड्का, कुन्दन खड्का, इमेश सापकोटा र नवीन पौडेलले दुई हप्ता लगाएर ड्रोनको आविष्कार गरेका छन् । एक लाखभन्दा बढी खर्च गरी ड्रोन निर्माण गरिएको कम्पनीका शैलेश सुवेदीले बताए । ड्रोनको प्रयोग गरी नयाँ शैलीको चुनावी प्रचार देखिएपछि व्यास नपा–६ सिसाघाटका देवराज ढुंगाना दंग परे ।

आकाशमा उडेर ड्रोनले काँग्रेसको झण्डा फहराई प्रचार गरेको देख्दा लोकराम छिमाल पनि हेरेको हेरै भए । आफूहरुको पालामा चुनाव हुँदा लेप्चे लगाएका आधुनिकतासँगै चुनावी प्रचारको तरिका फेरिएपछि स्थानीय बासिन्द आश्चर्य चकित भएका छन् । रासस