डा.केसीको स्वास्थ्य अवस्था बिग्रिदै - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

डा.केसीको स्वास्थ्य अवस्था बिग्रिदै



काठमाण्डौ । मुलुकको चिकित्सा शिक्षा र सेवामा सकारात्मक सुधारहुनु पर्ने माग राख्दै प्रा.डा. गोविन्द केसी अनसनमा बसिरहेका छन् । सरकारले उनको अनसनलाई त्यती प्राथमीकतामा राखेको देखिदैन् ।

पाँच दिनदेखि नवौं आमरण अनसनमा बसेका प्रा।डा। गोविन्द केसीको स्वास्थ्य बिग्रिदै गएको छ । केसीकै समर्थनमा भन्दै चिकित्साशास्त्र अध्ययन संस्थान, त्रिवि शिक्षण अस्पतालका रेजिडेन्ट चिकित्सकहरुले आइतबारदेखी पठन पाठनमा भाग नलिने जनाएका छन् ।

उनीहरुले कालो पट्टि लगाएर काम गर्दै आएकोमा अब नेशनल रेजिडेन्ट डक्टर्स एसोसिएसनले आइतबार देखि पठन पाठनमा सरिक नहुने निर्णय गरेका हुन् ।

केसीको स्वास्थ्य अवस्था गल्न थाले पनि हालसम्म सरकारी निकायका पदाधिकारीहरु केसीसँग माग बारे सोध–खोज गर्न नआएको गुनासो समेत बढेको छ ।

हाल शिक्षण अस्पतालमा करिव दुई सय ५० जना रेजिडेन्ट चिकित्सक एवं करिव साढे चार सय जति एमबिबिएसका विद्यार्थीहरु छन् ।

यस्तो छ सरकार केसीको स्वास्थ्य अवस्था

केसीको स्वास्थ्य अवस्था बिग्रिदै गएको छ । जिउ दुख्ने, छाती दुख्ने समस्या बढेको छ ।

ब्लड सुगरको स्तर पनि धेरै कम छ । पिसाबमा समस्या छ । कहिले काहिँ चक्कर पनि लाग्छ तर सरकार कानमा तेल हालेर बसेको छ ।