डा. गोविन्द के.सीको माग प्रति ऎक्यबद्दता जनाउदै नयाँ शक्तिले निकाल्यो बिज्ञप्ति - Himal Post Himal Post
  • ७ श्रावण २०८३, बिहीबार
  •      Thu Jul 23 2026
Logo

डा. गोविन्द के.सीको माग प्रति ऎक्यबद्दता जनाउदै नयाँ शक्तिले निकाल्यो बिज्ञप्ति



हिमाल पोष्ट/बुटवल,

नयाँ शक्ति बिद्यार्थी युनियन केन्द्रिय समितिको बैठक पार्टी मुख्यालय बबरमहलमा बुधबार सम्पन्न भएको छ। युनियन केन्द्रिय संयोजक रमेश महतोको अध्यक्ष्यतामा बसेको सो बैठकमा नेपालको प्राज्ञिक तथा सैक्षिक क्षेत्रहरुमा हुने राजनीतिक भागबण्डाको घोर भत्सना गरि बिज्ञप्ति निकालेको छ ।

यसरी हुने राजनीतिक नियुक्तिले नेपालको प्राज्ञिक तथा सैक्षिक क्षेत्रहरु धरासायी बन्दै गईरहेको बिषयलाई पनि उठान गरियो थियो । भर्खरै मात्र त्रिभुवन बिस्वबिध्यालयले राजनीतिक भागबन्डाकै आधारमा चिकित्साशास्त्र अध्ययन संस्थानको डिन नियुक्ति गरेको प्रति पार्टी र संगठनको गम्भीर ध्यानाकर्षण भएको बिज्ञप्तीमा जनाईएको छ ।

यसै बिसयलाई लिएर बिगतलामो समय देखि सत्याग्रह आमरण अनसनमा बसेका डा. गोविन्द के.सीको माग प्रति ऎक्यबद्दता जनाउंदै उनकामागहरु तत्काल पुरा गरि उनको जीवन रक्षा गर्न सरकार संग जोडदार माग गरेका छन्। साथै देश विदेशमा रहनु भएका युवा बिद्यार्थी साथीहरुलाई राजनीतिक भागबन्डा बिरुद्द डा. गोविन्द के.सीको आन्दोलनमा आम जागरण पैदागर्न हार्दिक अपिल गरेका छन् ।

 

15050228_1249574245114580_877523853_n