डा. तोसिमा कार्कीको उम्मेदवारी किन खारेज भयो ? - Himal Post Himal Post
  • २५ असार २०८३, बिहीबार
  •      Thu Jul 9 2026
Logo

डा. तोसिमा कार्कीको उम्मेदवारी किन खारेज भयो ?



निर्वाचन आयोगले राष्ट्रिय स्वतन्त्र पार्टीकी डा. तोसिमा कार्कीको उम्मेदवारी खारेज गरेको छ। 

डा. कार्कीले ललितपुर क्षेत्र ३ मा प्रतिनिधि सभा सदस्यमा उम्मेदवारी दिएकी थिइन्।

नेपाल मेडिकल काउन्सिलको निर्वाचित सदस्य भएर लाभको पदमा बसेकाले उम्मेदवारी खारेज भएको आयोगका सहायक प्रवक्ता कमल भट्टराईद्धारा कात्तिक १२ गते जारी विज्ञप्तीमा उल्लेख छ। 

आयोगका अनुसार डा. कार्की २ पुस २०७८ मा चार वर्षका लागि मेडिकल काउन्सिलको सदस्य निर्वाचित भएकी थिइन्। 

प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा १२ को (ङ) मा उम्मेदवार बन्नका लागि कुनै पनि लाभको पदमा बस्न नहुने व्यवस्था छ।