डा. तोसिमाले पहिले नै दिएकी थिइन् निवेदन, आयोगको निर्णय शंकाको घेरामा - Himal Post Himal Post
  • २६ असार २०८३, शुक्रबार
  •      Fri Jul 10 2026
Logo

डा. तोसिमाले पहिले नै दिएकी थिइन् निवेदन, आयोगको निर्णय शंकाको घेरामा



ललितपुर निर्वाचन क्षेत्र नम्बर ३ मा उम्मेदवार बनेकी डा. तोसिमा कार्कीले आफूले भदौ २८ गते निर्वाचन आयोगमा निवेदन दिएको बताएकी छन् ।

शनिवार निर्वाचन आयोगले उनको उम्मेदवारी खारेजी गरेपछि सामाजिक सञ्जालमा लेख्दै कार्कीले आफूले उम्मेदवारी मनोनयनको २५ दिन अगाडि नै नेपाल मेडिकल काउन्सिलको पदबारे निवेदन दिएको भएपनि आयोगले सोबारे जवाफ पनि नदिएको जनाएकी हुन् ।

उनले आयोगको निर्णयविरुद्ध सर्वोच्च अदालत जाने संकेत गरेकी छन् ।

उनले भनेकी छन्, ‘समय सकिए पछिको उजुरीलाई आधार मानेर आफैले समयमा प्रष्ट नपारेको निवेदनका बारेमा नखुली अहिले आएर सोही विषयमा निर्णय गर्नुमा निर्वाचन आयोगको निष्पक्ष निर्णय हो भन्नेमा शंका गर्दछु । जसरी उजुरी समयपछि आएपनि निर्णय गरियो, त्यसरी नै मैले उम्मेदवारी दर्ता गर्नुभन्दा निकै पहिले दिएको निवेदनउपर पनि निर्णय गर्नु पर्थ्यो ।

यहाँनिर पनि निर्वाचन आयोगको निष्पक्षतामा शंका उब्जिन्छ । स्पष्टीकरण दर्ता गर्दा सर्वोच्च अदालतको नजिर पनि समावेश गरिएकोमा सोप्रति कुनै अभिलेखीकरणसम्म नगरी निर्णय गर्नु थप शंकास्पद हुन आउँछ ।’