२०७६ साउन ३, शुक्रबार

स्वास्थ्य : बालबालिकाका लागि जङ्क फुडको विकल्प छ

June 30, 2019
509 Views

डा. रवीन्द्र पाण्डे, जनस्वास्थ्य विज्ञ

आजको संसारमा दुई कारणले बालबालिका कुपोषणको सिकार भएका छन्:

  • खानेकुरा खान नपाएर
  • खान नजानेर

गरिब परिवारमा जन्मेका बालबालिका खानेकुराको अभावमा कुपोषणले ग्रस्त छन्। बिशेष गरेर केही अफ्रिकी मुलुक तथा एसियाली मुलुकका गरिब देशका गरिब बालबालिका अन्न, सागसब्जी, फलफूल, दूध, अन्डा, माछामासु लगायत पौष्टिक खानेकुरा खान नपाएर उनीहरूको शारीरिक तथा मानसिक विकास राम्रोसँग हुन पाएको छैन। उनीहरूलाई राहत तथा सहयोगको नाममा वितरण गरिने खाद्य पदार्थको गुणस्तर निकै कमसल हुने हुँदा त्यस्तो खाना खाए पनि उनीहरू अस्वस्थ्य छन्।

बालबालिकालाई खाद्य पदार्थ खुवाउन सक्ने हैसियत भएका देश तथा परिवारमा खान नजानेर कुपोषणको समस्या बढिरहेको छ। खास गरेर सहरी बालबालिकामा यस्तो समस्या दखिने गरेको छ। घरमा पोषिलो खाद्य पदार्थ भएपनि वीज्ञापनको प्रभाव तथा देखासिकीको कारण बालबालिकाले हानीकारक खानेकुरा सेवन गरिरहेका छन्। चाउचाउ, दालमोठ, बिस्कुट, बिभिन्न नाममा बजारमा पाइने प्याकेटका खानेकुरा, कोल्ड ड्रिङ्क्स, स्तरहीन चकलेट, रसायन मिसाएर फोहोर तरिकाले बनाइने पानीपुरी, चटपटे तथा तितौराजस्ता जङ्क फुडले हाम्रा बालबालिकाको स्वास्थ्य बिगारेका छन्।

त्यस्तै रेस्टुरेन्टमा बनाइने मम, चाउमिन, पिज्जा, तारेका तथा पोलेका खानेकुराको सेवनले पनि बालबालिकाको स्वास्थ्यमा नकारात्मक असर परिरहेको छ। आफ्ना बुबाआमा काममा व्यस्त हुने परिवारमा खाजाको लागि बच्चालाई पैसा दिने वा क्यान्टिनमा खान लगाउने प्रचलन पनि जङ्क फुड सेवनको अर्को कारण हो। जङ्क फुडमा मिलाइने रसायन, हानिकारक तेल तथा मसला, अत्यधिक गुलियो तथा नुनिलो पदार्थको मिश्रण आदिले गर्दा बालबालिकाको शारीरिक तौल धेरै बढ्ने वा धेरै घट्ने, धेरै प्यास लाग्ने, शरीरमा पानीको मात्रा कम हुने तथा ती रसायन तथा मसलाको स्वादले पोषिलो खानेकुरा मिठो नहुने गर्दछ।

बालबालिकाको राम्रो स्वास्थ्यको लागि घरमा बनाएको खाना उत्तम हुन्छ। खानामा तल उल्लेख गरिएका समुहका खाना प्रत्येक दिन खुवाउँदा बच्चाको स्वास्थ्य निकै राम्रो हुन्छ।

  • चामल, मकै, गहुँ, जौ, फापर, मकै. कोदो जस्ता अन्न।
  • बिभिन्न सागपात, आलु, सिमी, बोडी, फर्सी, घिरौला, करेला, भिन्डी, धनिया, लसुन, प्याज, पिरो नहुने ठूलो खुर्सानी, काउली, बन्दा, च्याउ, बकुला, गाबा, सिस्नो आदि।
  • काँक्रो, गाजर, मुला, सलगम, कागती, गोलभेडा, एभोकाड़ो, साग आदि सलाद ।
  • स्याउ, सुन्तला, जुनार, मौसम, केरा, अनार, अङ्गुर मेवा, भुइँकटहर, खरबुजा, नासपाती, आरू, अम्बा, आँप, नरिवल लगायत मौसमी फलफूल।
  • दाल, गेडागुडी, कुरिलो, अण्डा, माछा, मासु।
  • दुध, दही, मही, घ्यु, पनीर, चीज तथा दूधबाट बनेका अन्य परिकार।
  • बदाम, एल्मोंड, काजु, किसमिस, छोकडा, ओखर लगायतका सुख्खा फल।
  • तेल, नुन, चिनी, घरेलु मसला ।
  • प्रशस्त पानी।

माथि उल्लेखित हरेक समूहका खानामध्ये सबै समूह मिल्नेगरि खाएमा शरीरलाई चाहिने कार्बोहाइड्रेट, भिटामिन, प्रोटिन, खनिज तत्त्व, चिल्लो पदार्थ लगायतका सबै पोसिला तत्त्व पूरा हुन्छ। यसले शरीरको तौल, उचाइ, मस्तिष्कको विकास तथा हर्मोनको राम्रो उत्पादन हुन्छ।

जङ्क फुडको लत हटाउन हामीसँग धेरै उपायहरू छन्। सम्भव भएसम्म बालबालिकालाई अमला ( ताजा वा सुकाएको ), अदुवा ( ताजा वा सुकाएको ), टिमुर, पुदिना, इमली, लप्सी, मरौटि, चटनी, तेजपात, अलैची, सुकमेल, दालचिनीको बोक्रा, बिरेनुन तथा ताजा जुस मिलाएको पेय पदार्थ, काफल, किम्मु, तिजु, बेडुला, खन्यु, चिउरी, चुत्रो, भकिअमिलो, ऐँसेलु, किवी, साँधेको अमिलो, स्ट्रबेरी, भक्कु आदि सहर तथा गाउँमा पाइने विविध स्वादिला पदार्थको विविधता दिनुपर्दछ। यसबाट बालबालिकालाई स्वाद र स्वास्थ्य दुवै दिन सकिन्छ।

लसुन, प्याज, कागतीको रस वा चुक, हल्का हरियो खुर्सानी तथा भुजा मिसाएर घरमै चटपटे बनाउन सकिन्छ। आलु, प्याज, कागतीको रस मिसाएर तथा राम्रो तेल प्रयोग गरेर घरमै पानीपुरी बनाउन सकिन्छ। बन्दा, प्याज, काउली, भान्टा, साग लगायतका तरकारी राखेर पकौडा बनाउन सकिन्छ। त्यस्तै घरमै तरकारी र मासु वा पनिर राखेर मम बनाउन सकिन्छ। चीज, गोलभेडा, ब्रोकाउली, काँक्रो, गाजर, मासु आदि मिसाएर पाउरोटीमा घरेलु पिज्जा तथा बर्गर बनाउन सकिन्छ। चिकेन, डल्ले खुर्सानी, प्याज, लसुन, हरियो खुर्सानी आदि मिसाएर चिकेन चिल्ली बनाउन सकिन्छ। खीर, केक, हलुवा, जेरी, पुरी, रसबरी, समोसा पनि घरमै बनाउन सकिन्छ। यी स्वस्थ्य एवम् स्वादिला हुन्छन। घरमा कहिलेकाहीँ यस्ता परिकार बनाउँदा बालबालिकाले निकै रमाइलो मान्छन्, सहभागी बन्छन् अनि अर्को विदाको लागि यस्तै परिकार बनाउने प्रतिक्षा गर्छन्। कतै बाहिर जाँदा तथा ग्रोसरिमा सामान किन्दा बच्चाहरूलाई त्यहाँ उपलब्ध प्राकृतिक खानेकुरा ल्याइदिने गरेमा उनीहरूले त्यस्तै अपेक्षा गर्छन्।

बालबालिका गिलो माटोजस्तै हुन। यो भनाइ खानामा पनि लागू हुन्छ। हामीले उनीहरूलाई जस्तो स्वादमा अभ्यस्त बनायो, उनीहरू त्यसमै रमाउँछन्। हामीले समय तथा दैनिक खानाको विकल्प नदिएमा उनीहरू जङ्क फुडतिर जानु स्वाभाविक हो। बालबालिकालाई हाम्रो परिवेशमा भएका हरेक स्वाद तथा खानेकुरा खुवाउनुलाई खाद्य संस्कार प्रदान गरेको रूपमा बुझ्नु जरुरी छ।

सम्बन्धित खवर

अमलेखगन्जमा भारतबाट पाइपलाइन हुँदै तेल आयो
समाचार
shares6 views
समाचार
shares6 views

अमलेखगन्जमा भारतबाट पाइपलाइन हुँदै तेल आयो

Himalpost Desk - २०७६, ३ श्रावण १३:३१

हिमालपोस्ट/काठमाडौँ भारतबाट पाइपलाइनमा बग्दै पहिलो पटक डिजेल अमलेखगन्जमा आइपुगेको छ। पेट्रोलियम पाइपलाइन आयोजनाका इन्जिनियर सरद पौडेलले शुक्रबार बिहान ९ बजे…

अफगानिस्तानको काबुल विश्वविद्यालयमा बम विस्फोट हुँदा ४ को मृत्यु
अन्तराष्ट्रिय
shares4 views
अन्तराष्ट्रिय
shares4 views

अफगानिस्तानको काबुल विश्वविद्यालयमा बम विस्फोट हुँदा ४ को मृत्यु

Himalpost Desk - २०७६, ३ श्रावण १३:०६

हिमालपोस्ट/काठमाडौँ- (एजेन्सी) अफगानिस्तानको राजधानी काबुलस्थित काबुल विश्वविद्यालयको दक्षिणतर्फको प्रवेशद्वारमा शुक्रबार बिहान ७:१० बजे बम विस्फोट भएको छ । विस्फोटमा परी…

सर्प र मान्छेबीच टोकाकोट, दुवैको मृत्यु
अन्तराष्ट्रिय
shares10 views
अन्तराष्ट्रिय
shares10 views

सर्प र मान्छेबीच टोकाकोट, दुवैको मृत्यु

Himalpost Desk - २०७६, ३ श्रावण १२:३८

हिमालपोस्ट/काठमाडौँ (एजेन्सी) भारतको गुजराँतस्थित महिसागर जिल्लामा सबैलाई आश्चर्यचकित पार्ने एउटा घटना भएको छ। सुन्दा पत्यार नलाग्ने यो घटना भने वास्तविक…