सरकारको शासनविरूद्ध गर्जिए डा.के.सी. - Himal Post Himal Post
  • ३० माघ २०८२, बिहीबार
  •      Thu Feb 12 2026
Logo

सरकारको शासनविरूद्ध गर्जिए डा.के.सी.



काठमाडौँ –

अहिलेसम्म डा. गोविन्द केसी मौन थिए। तर अब फेरि उनी गर्जिएका छन्। प्रेस स्वतन्त्रता तथा मानवाधिकारको संरक्षणका साथै द्वन्द्वपीडिको माग तुरुन्त सम्बोधन गर्न उनले चेतावनी दिएका छन्। त्यसो नगरे जस्तोसुकै पाइला उठाउन पछि नपर्ने उनको भनाइ छ।

उनले एक विज्ञप्ति जारी गर्दै ओली नेतृत्वको सरकार गैर-लोकतान्त्रिक तथा निरङ्कुश हुँदै गइरहेको बताए। सरकारले प्रेसको गलामा पासो थापेको मिडिया काउन्सिल विधेयक तत्काल फिर्ता गर्न पर्ने उनको माग छ।

राष्ट्रिय मानवाधिकार आयोगको स्वतन्त्रता र स्वायत्तता खोस्ने गरी आयोगको ऐनमाथि गर्न लागिएको संसोधन प्रस्ताव पनि तत्काल खारेज गर्नु पर्ने उनको माग छ।द्वन्द्वपीडित तथा मानव अधिकारवादीहरूले माग गरेबमोजिम सङ्क्रमणकालीन न्याय प्राप्तिका लागि तत्काल सम्बन्धित ऐनहरू संशोधन गर्ने माग उनको छ।

माफियामुखी प्रावधानहरूसहित जबर्जस्ती संसदबाट पारित गरिएको चिकित्सा शिक्षा ऐनलाई आफूसँग भएको सम्झौता अनुसार संशोधन गर्न उनले माग गरेका छन्।