२०७५ साउन ३०, बुधबार

गगन थापा जिताउन डा गोविन्द केसीको अपिल (भिडियो सहित)

December 2, 2017
210 Views
Spread the love
  • 1.5K
    Shares

काठमाडौं ।

मेडिकल माफियाका बिरुद्द कैयौं पटक अनसन बसेका डा. गोबिन्द केसी गगन थापाको पक्षमा उभिएका छन् ।

काठमाडौं क्षेत्र नम्बर ४ का प्रतिनिधिसभाका उम्मेदवार एवं काँग्रेस नेता गगन थापाको पक्षमा केसीले मत मागेका छन् । उनले थापाको जितका लागिसमेत शुभकामना समेत दिएका छन् ।

चिकित्सा शिक्षा क्षेत्रमा भएका वेथितिविरुद्ध सत्याग्रह छेंडेका केसीले तीन करोड नेपालीको हितमा बोल्ने र नीति बनाउने नेता गगन थापा नै भएको भन्दै गगन थापाले जित्नु पर्ने बताए ।

एक भिडियो सन्देशमा मतदाताले जसले आफ्नो हकहितका लागि अभियान अगाडि बढाउँछ उसैलाई जिताउनु पर्ने भन्दै गगन थापालाई भोट हाल्नुपर्ने बताए । देश भ्रष्ट नेताहरुको पैत्रिक सम्पत्ति नभएको जनताको भएकाले गगन जस्तो व्यक्तिले जनताको पक्षमा काम गर्ने भन्दै उनैलाई जिताउनु पर्ने बताए ।

उनले ‘आइ विस हिम बेष्ट अफ लक’ भनेका छन् ।

सबै प्रयत्नलाई निष्कर्षमा पुर्याएरै छाड्ने प्रतिबद्धता व्यक्त गर्दछु – गगन थापा

गोविन्द केसीको सन्देशप्रति गगन थापाले आभार प्रकट गरेका छन् । समाजिक संजाल ट्वीटरमार्फत उनले भनेका छन्, ‘डा गोविन्द केसी न्यायपूर्ण समाजको निर्माणका लागि संघर्षरत हामी सबैको प्रेरणाको स्रोत हुनुहुन्छ। उहाँले देखाउनु भएको यो विश्वासका लागि आभार प्रकट गर्दै चिकित्सा शिक्षा ऐन ल्याउन गरिएका सबै प्रयत्नलाई निष्कर्षमा पुर्याएरै छाड्ने प्रतिबद्धता व्यक्त गर्दछु।’

यस्तो छ भिडियो :

Facebook Comments
  • 1.5K
    Shares

You may be interested

नेपाली कामदार ठग्ने मलेसियन कम्पनीलाई कारवाही
प्रवास
0 shares15 views
प्रवास
0 shares15 views

नेपाली कामदार ठग्ने मलेसियन कम्पनीलाई कारवाही

himal post - २०७५, ३० श्रावण ०६:४०

काठमाडौं – मलेसियाको सरकारले नेपाली कामदारसँग स्वास्थ्य परीक्षणका नाममा चर्को शुल्क उठाएर ठगी गर्ने बेस्टिनेट एसडीएन बीएचडी नामक कम्पनीलाई निलम्बन…

बंगलादेशी ब्याट्सम्यान अशरफुललाई कडा झट्का
खेलकुद
0 shares21 views
खेलकुद
0 shares21 views

बंगलादेशी ब्याट्सम्यान अशरफुललाई कडा झट्का

himal post - २०७५, ३० श्रावण ०६:३७

म्याचफिक्सिङको ५ वर्षे प्रतिबन्धपछि राष्ट्रिय टिममा फर्कने तयारी गरेका बंगलादेशका ब्याट्सम्यान मोहम्मद अशरफुललाई कडा झड्का लागेको छ । क्रिकबजको रिपोर्ट…

निको भए रोनाल्डो
खेलकुद
0 shares32 views
खेलकुद
0 shares32 views

निको भए रोनाल्डो

himal post - २०७५, ३० श्रावण ०६:३३

ब्राजिलका लेजेण्ड फुटबलर रोनाल्डो निमोनियाको उपचारपछि अस्पतालबाट घर फर्किएका छन् । विश्वकप विजेता ब्राजिलका रोनाल्डोलाई निमोनियाको संक्रमण भएपछि स्पेनको आइल्याण्ड…