सरकारी हेलिकप्टर फिर्ता गरेर आफ्नै खर्चमा काठमाडौं फर्किए डा. केसी - Himal Post Himal Post
  • २६ असार २०८३, शुक्रबार
  •      Fri Jul 10 2026
Logo

सरकारी हेलिकप्टर फिर्ता गरेर आफ्नै खर्चमा काठमाडौं फर्किए डा. केसी



काठमाडौं- धनगढीमा १० दिनदेखि अनसन बसेका डा. गोविन्द केसी काठमाडौं फर्किएका छन्। उनी सरकारी हेलिकप्टर फिर्ता गरेर आफ्नै खर्चमा श्री एयरलाइन्सको विमान चढेर काठमाडौं फर्किए।

धनगढीस्थित सेती अञ्चल अस्पतालमा अनसन बसेका केसीसँगै उपचारमा संलग्न दुई डाक्टर पनि काठमाडौं आएका छन्।

सेती प्रादेशीक अस्पतालले एक विज्ञप्ति निकालदै उनको शरीरमा पोषण तत्व र पानीको अभाव भएको, पेटमा अल्सर भएर आन्तरिक रक्तश्राव भएको, मुटुको धडकन कम हुँदै गएको, रगतमा हेमोग्लोबिन कम भएको, पिसाबमा किटेन बढी देखिएको जस्ता समस्या आएकाले काठमाडौं रेफर गरिएको बताएको छ।

मंगलबार प्रदेश सरकार र संघ सरकारको काठमाडौं जानुपर्ने प्रस्ताव डाक्टर केसीले मानेका थिएनन्।

डा. केसीले ७ बुँदे माग अघि सार्दै भदौ २७ गतेदेखि धनगढीमा अनशन सुरु गरेका थिए। स्वास्थ्यमा समस्या देखिएपछि केसी २९ गते बेलुका सेती प्रादेशिक अस्पताल भर्ना गरिएका थिए।