डाक्टर केसीलाई अस्पताल लगियो
डडेलधुरा – चिकित्सा शिक्षा सुधारको माग राख्दै १७औँ पटक अनसन सुरु गरेका अभियन्ता डाक्टर गोविन्द केसीको स्वास्थ्य अवस्था बिग्रँदै गएपछि अस्पताल भर्ना गरिएको छ ।
सोमबारदेखि डडेलधुरामा १७औँ चरणको अनशन सुरु गरेका डाक्टर केसीको स्वास्थ्यमा समस्या देखिएपछि उनलाई शुक्रबार साँझ डडेल्धुरा अस्पताल भर्ना गरिएको हो ।
डाक्टर केसीको रक्तचाप तलमाथि भइरहेकाले उनको सहमतिमा अस्पतालमा भर्ना गरिएको अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डाक्टर जीतेन्द्र कँडेलले बताएका छन् ।
प्रदेशसभा सदस्य कर्णबहादुर मल्ल र स्थानीय प्रसाशनको रोहबरमा डाक्टर केसीलाई अस्पताल भर्ना गरिएको बताइएको छ । डाक्टर केसीले अस्पतालबाटै अनशन जारी राख्ने बताइएको छ।
चिसोका कारण डाक्टर केसीको स्वास्थ्यमा समस्या देखिएको हो ।