डाक्टर केसीको अवस्था चिन्ताजनक - Himal Post Himal Post
  • ५ माघ २०८२, आईतवार
  •      Sun Jan 18 2026
Logo

डाक्टर केसीको अवस्था चिन्ताजनक



डडेलधुरा – मेडिकल कलेजहरुले विद्यार्थीसंग असुल गरेको बढी रकम फिर्ता लगायतका माग राख्दै डाक्टर गोविन्द केसी पाँच दिनदेखि डडेलधुरा सदरमुकाममा अनशन बसिरहेका छन् ।

सोमबारदेखि १७ औं अनशन शुरु गरेका केसीको स्वास्थ्य अवस्था कमजोर हुँदै गएपनि उनको माग सम्बोधनका लागि सरकारले अहिलेसम्म चासो देखाएको छैन ।चिसोका कारण अनशनरत डाक्टर केसीको स्वास्थ्य अवस्था बिग्रन थालेको हो । उनमा रक्तचापको समस्या पनि देखिन थालेको छ । चिकित्सा शिक्षा सुधारमा अभियन्ता केसी डडेल्धुरा अस्पताल नजिकै रहेको निर्मल क्लिनिक रहेको घरको तेस्रो तलाको एउटा कोठामा अनशन बसेका हुन् ।

अनशनस्थलमै अमरगढी नगरपालिकाका प्रमुख विश्वेश्वरप्रसाद ओझाले भेटेर केसीको मागप्रति ऐक्यबद्धता जनाएका छन् । केसीको समर्थनमा विभिन्न संघसंस्थाले सदरमुकाममा प्रदर्शनको तयारी समेत गरेका छन् ।