डा. देवकोटा आईसियुमा - Himal Post Himal Post
  • २२ असार २०८३, सोमबार
  •      Mon Jul 6 2026
Logo

डा. देवकोटा आईसियुमा



मुलुकको प्रख्यात स्नायु शल्य चिकित्सक डा.उपेन्द्र देवकोटालाई बाँसवारीस्थित न्युरो अस्पतालको आईसियुमा राखिएको छ।

विगत केही समयदेखि पित्त थैलीको क्यान्सरबाट पीडित डा.देवकोटा वेलायतस्थित किग्स कलेजमा ५ महिना उपचार गरेर गत वैशाख १५ गते नेपाल फर्किएका थिए।

उनको स्वास्थ्य उपचार न्युरो अस्पताल मै जारी रहेको खबर कान्तिपुरले छापेको छ। डा.देवकोटाले वीर अस्पतालबाट मुलुकमा स्नायु शल्य चिकित्साको शुरूवात गरेका थिए।