डा देबकोटाको काजक्रिया छोरीहरुले गर्ने ! - Himal Post Himal Post
  • ८ श्रावण २०८३, शुक्रबार
  •      Fri Jul 24 2026
Logo

डा देबकोटाको काजक्रिया छोरीहरुले गर्ने !



सोमबार साँझ निधन भएका प्रसिद्ध न्यूरो सर्जन डा उपेन्द्र देबकोटाका काजक्रिया ७ दिनमा नै सम्पन्न गरिने भएको छ।

स्व डा देबकोटाद्वारा स्थापित न्यूरो अस्पतालले सोमबार साँझ जारी गरेको बिज्ञप्तीमा जनाएर स्व देबकोटाको काजक्रियामा पत्नी डा मधु दीक्षित देबकोटा तथा तीन छोरीहरु मेधा, बसुधा र मञ्जरी बस्नेछन्।

डा देबकोटाको पार्थिब शरीर मंगलबार विहान ८ बजेदेखि १ बजेसम्म अस्पताल प्राङ्गणमा नै राखिने भएको छ।