यसरी फैलियो डा. देवकोटाको मृत्युको हल्ला ! - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

यसरी फैलियो डा. देवकोटाको मृत्युको हल्ला !



डा. उपेन्द्र देवकोटा यतिबेला बाँसबारी स्थित न्युरो अस्पतालमा उपचार गराईरहेका छन् । ६ महिना बेलायतमा उपचार गरेर आफ्नै देशमा उपचारको लागी फर्केका उनि केहि सातादेखि न्युरो अस्पतालमा छन् ।

शुक्रबार सांझ उनको निधन भएको हल्ला यतिधेरै चल्यो कि केहि अनलाईन र सेलिब्रेटीले सम्म श्रद्धाञ्जली दिन भ्याए । न कुनै श्रोत थियो न कुनै प्रमाण यत्तिकै फैलिएको हल्लाले साबित गर्यो कि यो हल्लाको पछाडी हिड्ने देश हो ।

कसरी फैलियो त हल्ला ?

न्युरो अस्पतालका डा. का अनुसार शुक्रबार राति डा. देवकोटाको अवस्था अघिल्ला दिन भन्दा गम्भीर भएको थियो । आईसीयूमै रहेर पनि अघिल्ला डा. देवकोटा आफ्ना शुभेच्छु र साथीभाइलाई भेट गरिहेका थिए ।

शुक्रबार अवस्था जटिल भएपछि हेर्नका लागि भन्दै डा. देवकोटाका परिवार र आफन्तलाई अस्पतालमै बोलाइयो । ‘अघिल्ला दिन भन्दा अवस्था जटिल बनेपछि परिवार र आफन्तहरुसँग भेट गराउन अस्पतालमै बोलाइयो’, डा. भने, ‘तर, त्यसपछि उहाँको निधन भएको खबर एकाएक फैलियो ।’

भेट्न आएका आफन्तमध्येबाटै देवकोटाको निधन भएको गलत खबर बाहिरिएको अनुमान डा. अधिकारीलले गरेका छन् । ‘उहाँलाई भेटेपछि अस्पतालबाट बाहिरिएका आफन्तबाटै यो अपबाह बाहिरिएको हुनुपर्छ’, उनले भने, ‘अवस्था गम्भीर, अझ गम्भीर, धेरै गम्भीर भन्दै रातारात उहाँको मृत्यु नै भएको घोषणा गरिएछ, यो बेठीक भयो ।’