सुशासन र समृद्धिका लागि कर्मचारीको भूमिका महत्वपूर्ण हुन्छ: डा. बिमल कोइराला - Himal Post Himal Post
  • २९ पुष २०८१, सोमबार
  •      Mon Jan 13 2025
Logo

सुशासन र समृद्धिका लागि कर्मचारीको भूमिका महत्वपूर्ण हुन्छ: डा. बिमल कोइराला



धुलीखेल- नेपाल सरकारका पूर्वसचिव डा. विमल कोइरालाले शासक र कर्मचारीहरूले नै मुलुकको अनुहार फेर्नसक्ने बताए । चैतन्य एकेडेमीले आयोजना गरेको सुशासन र समृद्धि विषयक अन्तरक्रियामा बोल्दा डा. कोइरालाले सुशासन र समृद्धिका लागि कर्मचारीको भूमिका महत्वपूर्ण हुने बताए ।

“समस्याहरूको पहिचान गर्ने मात्र होइन, समाधानमा पनि ध्यान दिनुपर्छ । हामीले समस्याको समाधान गरेर मात्रै समृद्धि कायम गर्न सक्छौँ,’ उनले भने । सुशासनका लागि शासकहरूले जनतासँग साझेदारी गर्दै अघि बढ्नुपर्ने उनले बताए ।

डा. कोइरालाले नेपालमा राजनीतिक नेतृत्व भएपनि परिवर्तनको नेतृत्व नभएको बताए । “हामीले राजनीतिक नेतृत्व पायौँ तर परिवर्तनको नेतृत्व पाएनौं, त्यसैले गर्दा समृद्धिमा समस्या भैरहेको छ ,“ उनी भन्छन् । असल साशन भनेको विद्यार्थीले विद्यालय गएकै दिन पाठ्यपुस्तक पाउनु, नागरिकले आफ्नो कुरा ढुक्कसँग राख्न पाउनु, किसानले समयमै मल बिउ पाउनु, भएको उनी बताउँछन् ।

डा. कोइरालाले शासन नभई सेवा गर्ने प्रवृत्तिको विकाश हुनुपर्ने तर्क गरे । उनले शासन होइन सेवाभावले देशको मुहार फेर्न सकिने बताए ।

फरक प्रसंगमा कोइरालाले नेताहरूले मुलुकलाई कानुनसम्मत विकाशको बाटोमा लैजाने हो र कर्मचारीले सरकारका नीति निर्देशनलाई अगाडी बढाउनेहो भने  समृद्धि धेरै टाढा नभएको समेत बताए  ।