डा. भट्टराईले भने: टाउका मात्र जोडेर केहि हुँदैन ! - Himal Post Himal Post
  • ८ श्रावण २०८३, शुक्रबार
  •      Fri Jul 24 2026
Logo

डा. भट्टराईले भने: टाउका मात्र जोडेर केहि हुँदैन !



एमाले र माओवादी केन्द्रको एकताप्रति तिखो कटाक्ष गर्दै आएका पूर्व प्रधानमन्त्री एवं नयाँशक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराईले उनीहरुको एकता बैचारिक रुपान्तरण बिनाको भौतिक एकता मात्र भएको आरोप लगाएका छन्।

उनले एकता भोट बैंक बढाउन गरिएको पनि आरोप लगाएका हुन्।

भट्टराईले ट्वीट गर्दै लेखेका छन:-
पार्टीहरुको एकीकरण हुनु राम्रो कुरा हो। ठुलो आकारको पार्टीले भोट बैंक र मनोवल बढाउँछ। तर युगको आवश्यकता टाउका मात्र जोड्ने भौतिक एकीकरण मात्र होईन, रुपान्तरण सहितको ध्रुविकरण पनि हो कि? परम्परागत कम्युनिष्ट पार्टीहरुको गत सय वर्षको कटु अनुभव जो छ। यतापट्टि वहस अलि कम भयो कि?