बजेटप्रति डा. भट्टराई असन्तुष्ट - Himal Post Himal Post
  • ८ श्रावण २०८३, शुक्रबार
  •      Fri Jul 24 2026
Logo

बजेटप्रति डा. भट्टराई असन्तुष्ट



काठमाडौं /पूर्व प्रधानमन्त्री एवम् नयाँ शक्ति पार्टी, नेपालका संयोजक डा. बाबुराम भट्टराईले सरकारले ल्याएको बजेटले आफू निरास भएको प्रतिक्रिया दिएका छन्।

सफल अर्थमन्त्रीको पहिचान समेत बनाएका उनले बजेटले विकास र समृद्धितर्फ जाने जनताको अपेक्षालाई सम्बोधन गर्न नसक्ने स्पष्ट पारे। संयोजक भट्टराईले प्रदेश र स्थानीय तहमा एक चौथाईभन्दा पनि कम बजेट विनियोजन गरेर सरकारले गम्भिर त्रुटि गरेको दावी समेत गरे।

संयोजक भट्टराईले बजेट नयाँ उडान भर्नेगरी नआएको दाबी गर्दै त्यसले सरकारलाई अप्ठयारोमा पार्ने तर्क पनि गरेका छन्।