तलब समेत जनताको सेवामा खर्च गर्छु : डा. विसी - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

तलब समेत जनताको सेवामा खर्च गर्छु : डा. विसी



अर्घाखाँची ।

अर्घाखाँचीबाट वाम गठबन्धनका उम्मेदवार टोप बहादुर रायमाझी बिरुद्द नेपाली कांग्रेसबाट उम्मेद्वारी दिएका डा. राम बहादुर विसीले अर्घाखाँचीलाई नमुना बनाउने र स्वास्थ्य क्षेत्रमा आमुल परिवर्तन ल्याउने बताएका छन् ।

अर्घाखाँचीमा नेपाली काँग्रेसबाट प्रतिनिधी सभामा उम्मेदवार दिएका डा. रामबहादुर विसीले जनताको स्वास्थ्य क्षेत्रको विकासमा लागि पर्ने र सांसदको तलबबाट आउने पैसा क्यान्सर रोगीहरुलाई लगानी दिने बताएका छन् ।

रिपोर्टस क्लव नेपाल अर्घाखाँचीले गरेको साक्षात्कारमा विसीले ‘विकास गर्नको लागि उम्मेदवार भएर आएको हुँदा जिल्लाको विकासको लागि निरन्तर लाग्ने र नमुना जिल्ला बनाउने अभियानमा लाग्ने छु । केही साथीहरु गणितीय हिसाबले अगाडि भए पनि जनताले यस पटक फरक व्यक्ति खोजेकोले मैले जित्ने निश्चित छ,’ उनले भने ।