डा. बाबुराम भट्टराई भन्छन् – लातका भूत बातले मान्दैनन्
समाजवादी पार्टीका अध्यक्ष डाक्टर बाबुराम भट्टराईले सरकारलाई अर्को विद्रोहको बीउ रोपेको आरोप लगाएका छन्। उनले लोकतन्त्रको विकसित मान्यता र नेपालको संविधानले स्विकारेको समावेशिताको सिद्धान्तलाई लत्याएर लोकसेवा आयोगले नौ हजार कर्मचारी भर्ना गर्न लागेको भन्दै आफ्नो ट्वीट मार्फत् भनेका छन् – लातको भूत, बातले मान्दैन।
यस्तो छ उनको ट्वीट:
समावेसिताको प्रश्न कुनै जाति/समुदायको मात्र मुद्दा नभएर विश्वव्यापी लोकतन्त्रको विकसित मान्यता र नेपालको संविधानले स्वीकारेको विषय हो!विभिन्न वाहनामा लोसेआ मार्फत नौहजार कर्मचारी भर्नामा जसरी यसलाई मिचिदैछ यसले देशमा अर्को विद्रोहको वीउ रोप्दैछ!लातको भूत वातले मान्दैन भनेकै हो त? pic.twitter.com/nV7e6NlBGS
— Baburam Bhattarai (@brb1954) July 19, 2019