पाल्पाका वैज्ञानिक अधिकारीलाई अन्तराष्ट्रिय पुरस्कार - Himal Post Himal Post
  • २ श्रावण २०८३, शनिबार
  •      Sat Jul 18 2026
Logo

पाल्पाका वैज्ञानिक अधिकारीलाई अन्तराष्ट्रिय पुरस्कार



काठमाडाैं – नेपालका युवा वैज्ञानिक डा. अच्युत अधिकारीले अन्तराष्ट्रिय पुरस्कार प्राप्त गर्ने भएका छन्।

संयुक्त राष्ट्र संघीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक संगठन(युनेस्को)ले ‘ओल्ड एकेडेमी अफ साइन्सेस’मार्फत प्रदान गर्दै आएको पुरस्कार यसवर्ष त्रिभुवन विश्व विद्यालयका उप–प्राध्यापक डा. अधिकारीलाई प्रदान गर्ने भएको हो।

पाकिस्तानका अब्ताहु रहमानको नाममा विकशोन्मुक मुलुकमा रहेर अनुसन्धान गरिरहेका व्यक्तिलाई प्रदान गर्दै आएको सो पुरस्कारको राशी ५ हजार अमेरिकी डलर रहेको छ।

डा. अधिकारीले नेपाली जडिबुटी टिमुरमा अनुसन्धान गरेर सो पुरस्कार प्राप्त गरेका हुन्। उनले रत्तचाप नियन्त्रण, मधुमेधको उपचार, कलेजो र दाँतको सुरक्षाका लागि टिमुरमा औषधीय गुण रहेको पत्ता लगाएका थिए।

नेपालमा अनुसन्धानका क्षेत्र धेरै रहेको भन्दै उनले विश्वविद्यालयको शिक्षालाई अनुसन्धान मुखी बनाएर अगाडि बढ्नुपर्ने आवश्यकता औल्याए।

डा. अधिकारीलाई यसैवर्ष नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानद्वारा नाष्ट विज्ञान तथा युवा प्रविधिबाट समेत सम्मानित सम्मानित गरिएको थियो।

पाल्पाका डा. अधिकारीले नेपालको मौलिक कृषि उत्पादनलाई अन्तराष्ट्रियकरण गर्न खोज अनुसन्धान गरिरहेका छन्। उनले टिमुरसँगै अहिले अदुवाको औषधीय गुणका विषयमा खोजी गरिरहेका छन्।