कैलालीको धनगढीमा डीपीएलको तेस्रो संस्करण माघ १९ गते देखि सुरु हुदै   - Himal Post Himal Post
  • ९ आश्विन २०८१, बुधबार
  •      Wed Sep 25 2024
Logo

कैलालीको धनगढीमा डीपीएलको तेस्रो संस्करण माघ १९ गते देखि सुरु हुदै  



कामाण्डौं । धनगढी प्रिमियर लिग(डीपीएल) टी(२० क्रिकेट प्रतियोगिताको तेस्रो संस्करण आगामी माघ १९ गतेदेखि फागुन ४ गतेसम्म धनगढीमा हुने भएको छ ।

आयोजक धनगढी क्रिकेट एकेडेमी (डीसीए)ले शुक्रबार काठमाडौंमा एक कार्यक्रमकाबीच प्रतियोगिता घोषणा तथा मुख्य प्रायोजन सम्झौता कार्यक्रम गरेको हो ।

अनुमानित लागत ५ करोड रुपैयाँ रहेको प्रतियोगितामा देशभरका ६ वटा फ्रेन्चाइजी टोलीको सहभागिता रहने डीसिएका अध्यक्ष सुवाश शाहीले जानकारी दिए ।

यस अघि डीपीएलको दोस्रो संस्करणमा टिम चौराहा धनगढी, सीवाईसी अत्तरिया, रुपन्देही च्यालेन्जर्स, महेन्द्रनगर युनाइटेड, काठमाडौं गोल्डेन्स र विराटनगर किंग्सको सहभागी रहेेकोे थियो । फाइल तस्बिर :