निर्वाचनमा डबल ह्याट्रिक गर्ने दुई नेता - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

निर्वाचनमा डबल ह्याट्रिक गर्ने दुई नेता



अवश्य पनि निर्वाचनमा उम्मेदवार भएपछि जित्ने दावी धेरैले गर्छन् त्यहिअनुसारको दौडधुप पनि गर्छन् तर, सफलता कोही एकले मात्र पाउँछ । लोकतन्त्रको यथार्थ यही हो ।

पटक पटकको चुनावी दौडमा निरन्तरको सफलता भने विरलैले मात्र पाउँछन् ।

निर्वाचनमा डबल ह्याट्रिक गर्ने दुर्लभ अवसर यसपटकको निर्वाचनमा काग्रेस सभापति शेर बहादुर देउवा र सोही दलका नेता विजय गच्छदारलाई मात्र प्राप्त भएको छ ।

२०४८ यताका हरेक निर्वाचनमा निरन्तर सफलता पाउनेहरुमा उनीहरु मात्र छन् । आजको नेपाल समाचारपत्रमा खबर छ ।

०४८, ०५१, ०५६, ०६४, ०७० र यसपटकको चुनावी परीक्षामा समेत देउवार गच्छदार फेल हुनु परेन ।