डोटीमा मन्त्री भट्टलाई कालो झण्डा देखाइयो - Himal Post Himal Post
  • ७ श्रावण २०८३, बिहीबार
  •      Thu Jul 23 2026
Logo

डोटीमा मन्त्री भट्टलाई कालो झण्डा देखाइयो



कैलाली । डोटीमा सुदूरपश्चिम प्रदेशकी उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री माया भट्ट लाई कालो झण्डा देखाईएको छ।

डोटी चेम्बर अफ कमर्शद्वारा दिपायलमा शुक्रबार बाट शुरू भएको प्रादेशिक महोत्सवको उद्घाटन गर्न पुगेकी मन्त्रि भट्ट लाई महोत्सवस्थलमै कालो झण्डा देखाईएको हो । सुदूरपश्चिमको राजधानी दिपायल नबनाएको आरोपमा स्थानीयले कालो झण्डा देखाईएको बताएका छन । नेबिसंघ, नेपाल तरुण दल, तथा अन्य नागरिक अगुवाहरुको संयूक्त टोलीले कालो झण्डा देखाएको हो।

नेविसंघ डोटीका अध्यक्ष गणेश बहादुर खड्काले आन्दोलन अझै चलि रहने र दिपायल राजधानी नबनाउन भूमिका खेल्ने हर कोही लाई दिपायलमा प्रवेश गर्न नदिने बताउनुभयो । यसअघि प्रदेश सभा सदस्य अर्चना गहतराज, प्रतिनिधि सभा सदस्य प्रेमबहादुर आलेमगर र पूर्वमन्त्री लेखराज भट्टलाई समेत कालोझण्डा देखाएइएको थियो।