डोटीमा जिप दुर्घटना हुँदा ६ जना घाईते - Himal Post Himal Post
  • ५ जेष्ठ २०८१, शनिबार
  •      Sat May 18 2024
Logo

डोटीमा जिप दुर्घटना हुँदा ६ जना घाईते



कैलाली । डोटीको जोरायल गाउँपालिका वडा नं ४ लक्ष्मीनगरमा जिप दुर्घटना हुँदा ६ जना घाईते भएका छन् ।

बुडर–जोरायल सडकखण्ड अन्तर्गत पर्ने बाँजीलेक गुँयली भन्ने ठाउँमा ना१ज ३११९ नम्बर जिप दुर्घटना भएको हो ।

घाईतेमध्ये नरेश मडै र चित्रा सहानीको अवस्था गम्भीर छ । अन्य घाईतेहरुमा वीरेन्द्र साहु, ध्रुवराज जोशी, जेतबहादुर खत्री, सृजना खत्री रहेको प्रहरीले जनाएको छ ।

जोरायलबाट कैलालीका लागि हिँडेको जिप सडकबाट करिब २ सय मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी नायब उपरीक्षक हेरम्ब शर्माले जानकारी दिए ।

घाईतेहरुको सरस्वती प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ भने गम्भीर घाईतेलाई थप उपचारका लागि कैलाली ल्याइएको छ ।