डोटी एमालेमा पहिरो: सयाैं नेता कार्यकर्ता एकीकृत समाजवादीमा प्रवेश - Himal Post Himal Post
  • १ असार २०८३, सोमबार
  •      Mon Jun 15 2026
Logo

डोटी एमालेमा पहिरो: सयाैं नेता कार्यकर्ता एकीकृत समाजवादीमा प्रवेश



डोटी- डोटीमा एमाले परित्याग गरेर २ सय ६३ जना एकीकृत समाजवादीमा प्रवेश गरेका छन् । नवप्रवेशिहरुलाई नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले टिका लगाएर स्वागत गरे ।

डोटीको सिलगढीमा आयोजित जिल्ला स्तरीय कार्यकर्ता भेलामा २ सय ६३ जनाले एमाले परित्याग गरेका हुन् ।

नेकपा (एकीकृत समाजवादी) डोटी जिल्ला कमिटीको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले वर्तमान समयमा देशभर एमाले परित्याग गरेर नेकपा (एकीकृत समाजवादी) मा प्रवेश गर्ने क्रम बढ्दै आएको बताए ।

कार्यक्रममा पार्टी पोलिटब्युरो सदस्य तथा पूर्व संस्कृति ,पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आले, प्रदेशका अध्यक्ष हर्क सिंह, केन्द्रीय सदस्य पूर्ण जोशी, सिता रायमाझी लगायतका नेताले सम्बोधन गरेका थिए ।

डोटी जिल्ला कमिटीको अगुवा कार्यकर्ता भेला पार्टीका जिल्ला अध्यक्ष दीर्घराज बोगटीको अध्यक्षतामा सम्पन्न भएको थियो ।