दोस्रो चरणमा मतदान आजै हुने: पहिलो चरणमा सबै आउट - Himal Post Himal Post
  • २२ बैशाख २०८१, शनिबार
  •      Sat May 4 2024
Logo

दोस्रो चरणमा मतदान आजै हुने: पहिलो चरणमा सबै आउट



काठमाडौं- नेपाली कांग्रेसको चौधौं महाधिवेशन अन्तर्गत सभापति पदका लागि भएको निर्वाचनको मतगणना जारी छ। नेपाल लाइभलाई प्राप्त पछिल्लो अपडेट अनुसार ४२७६ मत गणना भइसकेको छ।

निर्वाचनमा ४६७९ मत खसेको थियो। त्यसैले अब ४०३ मत मात्रै गन्न बाँकी छ। यही मतभित्रबाट उम्मेदवारहरुले जितका लागि आवश्यक पचास प्रतिशत मत कटाउनुपर्ने छ।

उम्मेदवारमध्ये शेरबहादुर देउवाले सर्वाधिक २०४६ मत पाएका छन्। उनका लागि अब २९४ मत आवश्यक छ।

त्यस्तै, शेखर कोइरालाले १६१५ मत पाएका छन्। उनले जितका लागि ७२५ मत पाउनुपर्ने छ। पहिलो चरणमै उनको जित अब असम्भव छ।

त्यस्तै, १९ मत ल्याएका कल्याण गुरुङ, २३८ मत ल्याएका विमलेन्द्र निधि र ३३५ मत ल्याएका प्रकाशमान सिंहले भने दोस्रो चरणको मतदान भएमा प्रतिस्पर्धी बन्न पाउने छैनन्।

निर्वाचनमा ४ हजार ६ सय ७९ मत खसेके छ । पहिलो चरणबाटै सभापतिमा निर्वाचित हुन कम्तिमा २ हजार ३ सय ४० मत आवश्यक पर्दछ ।

कांग्रेसको निर्वाचन समितिका अनुसार कूल मत ४ हजार ६७९ खसेको छ। यस हिसाबले चुनाव जित्न २३४० मत आवश्यक हुन्छ।

केहि मत गन्न बाँकी छ । कसैले पनि ५१ प्रतिशत नल्याएका खण्डमा भने पुनः (दोसो चरण) चुनाव गर्नुपर्ने हुन्छ।

सभापतिमा शेरबहादुर देउवा, विमलेन्द्र निधि, शेखर कोइराला, प्रकाशमान सिंह र कल्याण गुरुङ उम्मेदवार छन्।

तर मूलतः देउवा र कोइरालाबीच टक्कर देखिएको छ। कोइरालाभन्दा अघि रहेका देउवाले मतान्तर बढाउँदै लगेका छन्।

नेपाली कांग्रेसको नयाँ नेतृत्व चयनका लागि सोमबार राति अबेर सम्पन्न निर्वाचनअन्तर्गत सभापति पदतर्फको मतगणाना भइरहेको हो। सभापतितर्फका तीनवटै मतपेटिका (हरियो ट्यांकी) राष्ट्रिय सभा गृहका तीन अलग-अलग स्थानमा राखेर बिहान साढे ४ बजेदेखि मत गणना भइरहेको हो।

अन्य पदाधिकारी तथा सदस्यका लागि भएको मतदानका ८४ ट्यांकी कांग्रेसको केन्द्रीय कार्यालय (सानेपा) मा लगिएका छन्।

सभापतितर्फको मत गनिसकेपछि मात्र त्यता मत गन्न थालिने कांग्रेसको निर्वाचन समितिले जनाएको छ।

कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत चार वर्षका लागि नयाँ नेतृत्व चयन गर्न राष्ट्रिय सभागृह र भुकृटीमण्डमा व्यवस्था गरिएका मतदान केन्द्रमा सोमबार बिहान ११ बजेदेखि राति साढे १० बजेसम्म मतदान गरिएको थियो।