डोरमणि पौडेलले भने : मुख्यमन्त्री भन्न पनि लाज लाग्छ - Himal Post Himal Post
  • ५ श्रावण २०८३, मंगलवार
  •      Tue Jul 21 2026
Logo

डोरमणि पौडेलले भने : मुख्यमन्त्री भन्न पनि लाज लाग्छ



प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेश सरकारले पर्याप्त अधिकार नपाएको भन्दै धेरै कुरा संघीय सरकासँगै निर्भर हुनुपरेको गुनासो गरेका छन्।

प्रदेश सरकार आफैँले कर्मचारी परिचालन गर्न नपाउँदा काममा असहज भइरहेको उनले बताए। यो खबर आजको कारोबार दैनिकले छापेको छ।

उच्च स्तरीय प्रशासन सुधार कार्यान्वयन तथा अनुगमन समिति र प्रशासकीय अदालतको आयोजनामा आइतबार हेटौंडामा भएको प्रशासकीय न्याय र सेवा प्रवाह विषय अन्तरक्रियामा मुख्यमन्त्री पौडेलले भने, ‘मलाई आजकल सरकारको प्रमुख भन्न पनि लाज लागिरहेछ।’