‘डोनाल्ड ट्रम्प'कै कारण गाउँ निकाला भए आमा-बुवा ! - Himal Post Himal Post
  • १७ बैशाख २०८१, सोमबार
  •      Mon Apr 29 2024
Logo

‘डोनाल्ड ट्रम्प’कै कारण गाउँ निकाला भए आमा-बुवा !



यी ‘डोनाल्ड ट्रम्प’ आमाको पेटमै असाधारण रूपले संवेदनशील थिए । कुनै रात उनकी आमा उदास भइन् भने उनी आमाको गर्भमै बेचैन हुन्थे, चल्मलाउने र गोडा चलाउने गर्दथे ।

एउटा झरी परिरहेको शरद ऋतुको दिउँसो माटोको गारोले बनेका दुई सय जति घरहरू भएको एउटा गाऊँमा उनी जन्मिए । त्यहाँ कुनै नर्स या सुँडेनी उपलब्ध थिएनन् त्यसैले छिमेकी महिलाहरू उनको आमालाई मद्दत गर्न आए । नवजात शिशु शांत थियो । उसका कपाल सुनौलो रंगका थिए र उसका हातगोडा सामान्य थिए ।

नाम ‘डोनाल्ड ट्रम्प’ भएका यी शिशु हाल अमेरिका राष्ट्रपति रहेका ‘डोनाल्ड जे. ट्रम्प’ भने होइनन् । यी त मध्य अफगानिस्तानको दायकुण्डी प्रान्तको सहरिस्तान जिल्लामा जमिला र सैयद अस्सदुलाहको तेस्रो संतानका रूपमा जन्मेका ‘डोनाल्ड ट्रम्प’ हुन् । २०१६ को सेप्टेम्बर ३ तारेखमा उनी जन्मिएका बेला उनकै जस्तो नाम भएका ‘डोनाल्ड जे. ट्रम्प’ रिपब्लिकन पार्टीबाट नामांकन जितिसकेपछि पहिलो राष्ट्रपतीय बहसको तयारी गर्दै थिए ।

बालक ‘डोनाल्ड ट्रम्प’का सुपर फ्यान बुवाले अमेरिकी अरबपतिको नामबाट छोराको नाम राखेका थिए । गरिब किसान परिवारमा जन्मिएका अस्सदुलाहको गाउँमा बदाम(अल्मंड्स)को  खेती हुने गर्दथ्यो र यसकै उब्जनीको भरमा वर्षभरि खान पाइने या भोकमरीको सिकार हुने भन्ने निर्धारण हुने गर्दथ्यो । यति हुँदाहुँदै पनि उनले कलेजको डिग्री हासिल गरे । उनले  डोनाल्ड ट्रम्पका बारेमा पढे, दातृसंस्थाहरूको अनुदानमा प्राप्त सोलार पाताबाट निकालिएको बिजुलीबाट चल्ने टेलिभिजनमा उनका कुरा सुने र उनका प्रशंसक बने । उनलाई के लाग्यो भने विश्वविख्यात रियल एस्टेट व्यापारी र टेलिभिजन स्टारका नामबाट छोराको नाम राखेमा उसको भाग्य सप्रिने छ ।

तर त्यो शिशुकोका कारण परिवारको भाग्योदय हुनु त् कहाँ हो नामकै कारण उनीहरूले पैत्रिक थलो छाडेर राजधानी काबुलमा एउटा भाडाको घरमा गुजारा गर्नुपर्ने भएको छ ।

खासमा नवजात शिशुको गैर मुस्लिम नाम राखेकोमा अस्सदुलाहका छिमेकी र नातेदारहरू क्रुद्ध मात्रै बनेका छैनन् उनीहरूले असदुल्लाह र तिनको परिवारलाई गाउँ छाडेर जान बाध्य पारेका छन् ।

“मैले ट्रम्पका पुस्तकहरू पढेको छु, ” सैयद अस्स्दुलाहले काबुलमा एउटा अन्तर्वाताको क्रममा यसो भनिरहँदा साना डोनाल्ड ट्रम्प आफ्नो बुवाको काखमा बसेर साना-साना औंलाहरूले फोनसँग खेलिरहेका थिए, “मैले उनको ‘हाउ टु गेट रिच’ भन्ने पुस्तक पढें । त्यसपछि मैले उनको पृष्ठभूमिबारे पनि पढें । उनले कसरी ट्रम्प टावरको निर्माण गरे र कसरी उनी पार्टीनेता बन्न सफल भए  भन्नेबारे । मैएल के बुझे भने उनी असाध्यै परिश्रमी व्यक्ति हुन् र मलाई लग्यो यस्तो व्यक्तित्वको झैँ नाम भए त्यसको केही न केही प्रभाव मेरो छोराको व्यवहारमा पनि पर्नेछ ।”

अस्सदुलाहको भनाइमा छोराको शारीरिक बनावटले पनि उनको विश्वास अझै गहिरिएको थियो । उनले भने, ” मेरो छोरो जन्मिँदा उसको कपाल ट्रम्पको झैँ सुनौलो थियो । उसको कपाल देखेर नै मलाई उसको नाम डोनाल्ड ट्रम्प राख्नु पर्दछ भन्ने लाग्यो ।”

बच्चा जन्मेको १० दिनसम्म पनि उनले कुनै नाम सोच्न सकेका थिएनन् । अफगानी परम्परा अनुसार सबैभन्दा पहिले हजुर बुवा-हजुर आमाले बच्चाको नाम भन्ने गर्दछन् । त्यसपछि आमा-बुवाले पनि त्यसै नाममा समर्थन जनाउनु पर्ने हुन्छ । तर उनी यो परम्परा मान्न चाहन्नथे । तर परम्परा तोड्ने उनको यो कदम अफगानी समाजको लागि यति ठुलो थियो कि उनले यो कुरा आफ्ना आमा-बुवालाई बताउन सकेनन् । अन्त्यमा उनकी श्रीमती जमिलाले सहमति जनाए पछि बच्चाको नाम राखियो ।

बच्चाको नाम डोनाल्ड ट्रम्प राखेको कुरालाई पहिले त उनको परिवारले हाँसोमा उडायो तर केही समय पछि यो हाँसो क्रोधमा परिणत हुन पुग्यो ।

“मैले छोराको नाम डोनाल्ड ट्रम्प राखेको कुरामा उनीहरू खुसी थिएनन् ।” सैयद अस्सदुलाहले अगाडि भने, “उनीहरूले मलाई छोराको नाम एउटा ‘विधर्मी’को नामबाट राखेको भन्दै मेरो उछितो काढे ।”

“त्यसपछि परिवारसँग मेरो  खासै सम्बन्ध छैन, ” उनले भने, ” मेरो बुवा साह्रै रिसालु स्वभावको हुनुहुन्छ । वहाँले मलाई भन्नु भएको छ कि वहाँ मैले छोरालाई ‘डोनाल्ड ट्रम्प’ भनेर बोलाएको सहन सक्नु हुन्न । त्यसबेला देखि म आफ्नो परिवार सहित एभरेष्टदैनिककका लागि अनुवादित काबुलमा बस्दै आइरहेको छु ।”

अब लगभग  अठार महिनाका भैसकेका डोनाल्ड ट्रम्पको कथालाई  परिवारले काबुल सरेको लामो समयसम्मपनि गोप्य नै राखेको थियो । तर हालका दिनहरूमा भने बालकको राष्ट्रिय परिचय पत्रको तस्विर सामाजिक संजालमा चासोको विषय बनिरहेको छ । अस्सदुलाहका अनुसार जनसंख्या पंजीकरण विभागका कर्मचारीहरूले उनको अनुमति बिना नै यो तस्बिर लिएका थिए ।

अन्य प्रान्तबाट आएका नागरिकहरूको परिचयपत्र सत्यापन गर्ने जिम्मेवारी पाएका काबुलस्थित सरकारी कार्यालयका कर्मचारीहरूले बच्चाको नामकै कारण आफूसँग दुर्व्यवहार गरेको आरोप समेत उनले लगाएका छन् । उनका अनुसार कर्मचारीहरूले उनलाई धम्क्याएको र छोराको नाम डोनाल्ड ट्रम्प राखेकोमा उनलाई सोधपुछका लागि अफगानी खुफिया विभागमा पठाइने धम्की समेत दिएका थिए ।

“मैले विभागमा गएर छोराको नाम भन्ने बित्तिकै त्यहाँका कर्मचारीहरू अचम्म परे, उनीहरूले मलाई हेर्दै भने-‘डोनाल्ड ट्रम्प रे! के हो यो ?’ उनीहरू गिल्ला गर्दै भने- ‘हेर, यसले आफ्नो छोराको नाम डोनाल्ड ट्रम्प राखेको छ- कस्ता संस्कार विहीन मान्छे ।’  त्यसपछि मैले उनीहरुको काम परिचयपत्र सत्यापन गर्नु मात्र रहेको भन्नु पऱ्यो ।”

आलोचकहरूका भनाइमा अस्सदुलाहले आफ्नो छोराको नाम डोनाल्ड ट्रम्प राख्नुका पछाडि मान्छेहरूको ध्यान आफूतिर आकृष्ट गरेर विदेशमा शरण खोज्नु हो । तर उनी यो कुरालाई नकार्दै आफूले कहिल्यै पनि बच्चाको परिचय यसरी सार्वजनिक होस् भन्ने नचाहेको बताउँछन् ।

फुच्चे डोनाल्ड ट्रम्पको समाचार सार्वजनिक भएपछि एउटा अर्को परिवारको मामिला सार्वजनिक भएको छ । सहरिस्तान जिल्लाकै निवासी गुलाम अली पैमानले आफ्ना दुई वर्ष अघि जन्मेका जुम्ल्याहा छोराहरू मध्ये एकको नाम ‘भ्लादिमिर पुटिन’ र अर्कोको नाम ‘बाराक हुसेन ओबामा’ राखेको बताएका छन् । उनकी श्रीमती भने दोस्रो बच्चाको नाम ‘डोनाल्ड ट्रम्प’ राख्ने इच्छा व्यक्त गरेकी थिइन् ।

मुजिब मशाल र फहीम आबेद

न्यूयोर्क टाइम्स