डोनाल्ड ट्रम्पको पुरानो ट्वीटर ह्यान्डल खुल्यो - Himal Post Himal Post
  • २ जेष्ठ २०८१, बुधबार
  •      Wed May 15 2024
Logo

डोनाल्ड ट्रम्पको पुरानो ट्वीटर ह्यान्डल खुल्यो



अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले ट्वीटरमा पुनरागमन गरेका छन् । ट्वीटरले उनको निलम्बित अकाउन्टलाई पुनर्बहाली गरेको हो ।

ट्वीटरका नयाँ प्रमुख एलन मस्कले यसअघि डोनाल्ड ट्रम्पका बारेमा जनमत सर्वेक्षण गरेका थिए । यस क्रममा युजर्सहरुसँग ट्वीटरमा ट्रम्पको पुनरागमन हुनु पर्छ कि पर्दैन भन्ने सोधिएको थियो । सर्वेक्षणमा लगभग ५२ प्रतिशत अर्थात् १५ मिलियन युजर्सले ट्रम्पको पुनरागमनको पक्षमा मत दिएका थिए ।

एलन मस्कले तिनै मतदाताको भावनालाई सम्मान गर्दै ट्वीटरमा ट्रम्पलाई फेरि स्थान दिएका हुन् । यद्यपि ट्रम्पले आफूलाई ट्वीटरमा फर्कन कुनै रुचि नभएको बताएका छन् । विकल्पका रूपमा उनले आफ्नै सोसल मिडिया प्लेटफर्ममा बस्न रुचाएको जनाएका छन् ।

ट्रम्पलाई गत वर्ष जनवरीमा वासिङ्टनको क्यापिटल बिल्डिङमा भएको हमलालाई मध्यनजर गर्दै ट्वीटरबाट उनको अकाउन्ट निलम्बन गरिएको थियो । त्यसपछि ट्रम्पले एक निजी सोसल मिडिया प्लेटफर्म ‘ट्रुथ सोसल’ लञ्च गरेका थिए ।