विशेष विमानबाट नेपाल आइपुगे लू, एसपीपी अस्विकारपछि अर्थपूर्ण भ्रमण - Himal Post Himal Post
  • ९ माघ २०८१, बुधबार
  •      Wed Jan 22 2025
Logo

विशेष विमानबाट नेपाल आइपुगे लू, एसपीपी अस्विकारपछि अर्थपूर्ण भ्रमण



काठमाडौं- अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु नेपाल आइपुगेका छन् । विशेष चार्टर्ड विमानबाट सहायक विदेशमन्त्री लु केहीबेर अघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएको विमानस्थल प्रहरीले जनाएको छ ।

दक्षिण तथा मध्य एसिया मामिला हेर्ने अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु आज र भोलि नेपालमा रहने छन् । उनले भोलि प्रधानमन्त्री शेरबहादुर देउवा र परराष्ट्रमन्त्री नारायण खड्कासँग भेटवार्ता गर्ने तय भएको छ ।

नेपालले स्टेट पार्टनरशिप प्रोग्राम (एसपीपी) सम्झौता अस्वीकार गरेको एक महिनापछि लु नेपाल आएका हुन् । नेपालले एसपीपी सम्झौता अस्वीकार गरे पनि यसबारे अमेरिकालाई औपचारिक रूपमा पत्राचार गरेको छैन । चौतर्फी आलोचना भएपछि नेपालले गएको असार ६ गते एसपीपी अस्वीकार गर्ने निर्णय गरेको थियो ।

यसअघि गएको मङ्सिर १ देखि ४ गतेसम्म नेपालमा रहेका अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुले मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सम्झौता अनुमोदन गराउन भूमिका खेलेका थिए । लु नेपाल आउनुअघि चिनियाँ कम्युनिस्ट पार्टीको विदेश समन्वय विभाग प्रमुख लिउ जियान्चाओले नेपालको भ्रमण गरेका थिए । लिउ जियान्चाओ फर्किएको दुई हप्ता नबित्दै अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु को नेपाल भ्रमणलाई चासोका साथ हेरिएको छ ।