डोल्पाका स्थानीयवासी भन्छन डा.केसीलाई भेट्दा भगवान् पाएको अनुभूति भयो - Himal Post Himal Post
  • ७ श्रावण २०८३, बिहीबार
  •      Thu Jul 23 2026
Logo

डोल्पाका स्थानीयवासी भन्छन डा.केसीलाई भेट्दा भगवान् पाएको अनुभूति भयो



दुनै डोल्पा- डा गोविन्द केसी स्थानीयवासीलाई घरघरमै उपचार सेवा प्रदान गर्न डोल्पाको माथिल्लो धो तराप उपत्यकामा आइपुगेका छन्।

स्थानीयवासीलाई हाडजोर्नीदेखि अन्य जाँच गर्न आफू उक्त बस्तीमा आइपुगेको डा केसीले जानकारी दिए।

माथिल्लो डोल्पामा रहेका वृद्धदेखि अन्य बिरामीले सहजै स्वास्थ्य उपचार नपाउने र निकै भारी काम गर्नुपर्ने भएकाले हड्डीसम्बन्धी समस्या खेप्नुपर्ने भएकाले आफूले सो क्षेत्र रोजेको उनले बताए।करिब ४ हजार मिटरको उचाइमा रहेको डोल्पो बुद्ध गाउँपालिकाको धोका स्थानीयवासीलाई घरमै उपचार गर्न औषधिसहित उनी आएका हुन्।

जिल्ला स्वास्थ्य कार्यालयका कर्मचारीहरुको सहयोगमा डा केसीले तीन दिनसम्म यहाँ बसी स्थानीयवासीको उपचार गर्ने जनाइएको छ।

स्वास्थ्य क्षेत्रका सामान्य कर्मचारी पनि नदेखेका स्थानीयवासीले हाडजोर्नीका विशेषज्ञ घरमै पाउँदा भगवान् नै पाएको अनुभूति गरेको स्थानीय अगुवा छिरिङफुर्वा गुरुङले बताए।रासस